नेपलिज् एसोसियसन ईन साउथईष्ट अमेरिका (नासा) का सल्लाहकार एबं बरिष्ठ साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल २०७४ सालको प्रसिद्ध छिन्नलता गीत पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।
हिजो श्रावण ७ गते काठमाण्डौमा छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको एक भब्य समारोह बिच ज्ञानेन्द्र गदाललाई प्रमुख अतिथि प्रधानमन्त्री के पि शर्मा ओलीले सो छिन्नलता गीत पुरस्कारबाट सम्मान गरेका हुन् । उहाँ २०४० सालदेखि नेपाली गीतमा मौलिकता, नविनता, र प्रवृत्तिगत पहिचान स्थापनामा निरन्तर सक्रिय रहदैं आउनु भएको छ ।
नेपाली भाषा, साहित्य , कला , संगित तथा गितहरू जस्ता हाम्रो मातृ परिचय दिने र हाम्रो मौलिक पहिचान गराउने बिधाहरूको निरन्तरता तथा उत्थानमा नेपाल भन्दा बाहिर मुलुकमा रहेर पनि दिन सकिने योगदानको क़दर हो भन्ने पुष्टि यो बिशेष पुरस्कारले जाहेर गरेको ठहर गर्दै नासा कार्यसमितिको तर्फबाट हाम्रा सल्लाहकार ज्ञानेन्द्र गदाल जि लाई हार्दीक बधाई ज्ञापन गर्दै आगामि दिनहरूमा अझै बढि सफलता मिलोस् भन्ने शुभकामना पनि दिन चाहान्छौ ।
धन्यबाद,
माधब ढकाल
अध्यक्ष , नासा
कृष्ण श्रेष्ठ
महासचिब , नासा
नासा कार्य समिति
२०१७ – २०१९



Click here to become a member