नयाँ बर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना!!!

नासा ( NASeA ) को तर्फबाट संसार भरिका सबै नेपाली समुदायमा नब बर्ष बि. सं. २०७५ को शुभ अबसरमा मंगलमय शुभकामना !!! 


नयॉ भन्ने शब्दै सुन्दर , सुन्दै मिठो र हेर्दै राम्रो हुन्छ । मानब जिबनको प्रत्येक पाइला र पलमा यो शब्दले सधैं ऊर्जा , उमंग , जोश , जॉगर , उत्साह , खुलदुली , कल्पना र परिकल्पना उत्पन्न गराउंछ ।नब सालको सन्दर्भमा पनि यो शब्द झनै प्यारो, लोकप्रिय , सार्थक र उपयोगि ठहर्छ।

यो नेपाली नयॉ बर्ष बि. सं. २०७५ को नब बर्ष सॉझमा यो शब्दको बिशेषण बमोजिम हामीलाई पनि ब्यक्तिगत , परिबारीक र सामाजिक हिसाबले हाम्रो समाज प्रति झनै परिपक्क , अनुभबी , ज़िम्मेबारि र बिगतमा केही कमि कमजोरि र सुधार गर्नु पर्ने कुनै बिषय भए सो बमोजिम सुधार गरि अझ नयॉ जोश , जॉगर , आशा , अठोट र समाजमुखि कामको लागि दृढ़ संकल्प सहित अगाडी बढ्न उजागर गरेकोले उपरोक्त प्रतिबद्धताका साथ दक्षिण पूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्नु हुने नेपालीहरूको साझा संगठन नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका ( NASeA) कार्यसमिति हामी सबैको तर्फबाट यो नयॉ बर्ष बि. सं. २०७५ को शुभ उपलक्ष्यमा संसार भरि छरिएर रहनु भएका सबै मान्यवर नेपालि समुदायमा हजुरहरूको सुस्वास्थ , दिर्घायू , खुशियाली , उत्तरोत्तर प्रगति र संबृद्धी को लागि हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । 

नब बर्ष २०७५ सबैको लागि शुभ रहोस् ! 

धन्यबाद 

बिनित,

माधब ढकाल, अध्यक्ष 

कृष्ण श्रेष्ठ, महा सचिब 

होली (फागु पूर्णिमा ) २०७४ को हार्दीक शुभकामना !!!

समादरणिय सबै नासाको साधारण तथा आजिबन सदस्य ज्यूहरू  र शुभचिन्तक मित्रहरू , 

नमस्कार !

हिन्दु पौराणिक कथानुसार , त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ । 

यि दुबै धार्मिक कथाहरूबाट सिक्न सकिने मुख्य पाठ भनेको ” असत्य टिक्दैन सत्य डक्दैन ” भन्ने नै हो । न्यायले अन्याय माथि बिजय प्राप्त गरेको क्षणलाई उजागर गर्ने यो पर्ब वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने र परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

दक्षिणपूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्नु हुने सबै नेपालीहरूको साझा संगठन नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा , NASeA) को कार्यकारी समितिको तर्फबाट माथि उल्लेख गरे अनुसार यो पर्बको मुख्य सार बमोजिम हजुरहरू सबैमा आपसि मेलमिलाप बढोस् , सद्भावना जागोस् , सधैं सत्य र न्यायको पक्षधर हुने मौक़ा मिलाओस् भन्दै ख़ुशि र उमंगका साथ यो होली पर्बको हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । 

धन्यबाद 

बिनित , 

माधब ढकाल , अध्यक्ष  

कृष्ण श्रेष्ठ, महासचिब

International Women Day Celebration 2018!

Respected Nepali Community, community leaders in NASeA region and beyond,

Nepalese Association in Southeast America (NASeA) together with Nepalese Association of Georgia (NAG) cordially invite all Nepali community to participate in the special event organized to celebrate International Women’s Day 2018

International Women’s Day is celebrated every year on March 8th. This year, International Women’s Day comes with a #PressForProgess with hyped movements like #MeToo,#Timesup, which have inspired different movements in other countries such as #Ana_Kaman,#YoTambien. On this special day, we would like to celebrate social, economic, cultural and political achievements and focus on the obstacle and challenges that is faced around women’s right, equality, and sexual misconduct.

Along with that, NASeA leaders and members, who are unable to make it in Atlanta, please plan the separate event to your reach in collaboration with the national, state and local level organization to take some time to celebrate the achievements and to ponder on the challenges and obstacles.

Please join us in Atlanta on March 10th from 4 PM to 7 PM at Himalayan Spice for the celebration. Let’s all make this special day a grand success and take some time to think about our contribution to the community and ourselves. This is the time to celebrate our achievements and pave the future roadmap.

Thank you and I hope to see you all in following date and time:
        Date: Saturday, March 10, 2018
       Time: 4 PM to 7 PM
       Venue: Himalayan Spice Restaurant 
              2773 Clairmont Rd NE, Atlanta, GA

Sincerely,
Rama Ghimire
Chair, Women and Children Committee
Nepalese Association in Southeast America

सरस्वति पूजा तथा साहित्यिक कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा!!!

आदरणीय नासा परिवार,

सरस्वति पूजा (२०७४) को पावन अवसर पारेर अन्तराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जर्जीया च्यापटर र नेपलिज असोसियेसन इन साउथइष्ट अमेरिका (नासा) साहित्यिक कमितिको संयुक्त आयोजनामा हुन गैरहेको साहित्यिक कार्यक्रममा आदर्णिय गीतकार एवं कवि ज्ञानेन्द्र गदालको प्रमुख आतित्थ्यमा वहॉका आफ्ना रचनाहरु वाचन सहित विविध सांस्कृतिक एवं साहित्यिक कार्यक्रम हुने भएकोले निम्न स्थान, मिति र समयमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं |

Date/Time: Saturday, Jan 20, 2017 @ 5:00pm – 7:30pm
Venue: Himalayan Spice Restaurant
           2773 Clairmont Rd, Atlanta, GA 30329

धन्यवाद !
अन्तराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जर्जीया च्यापटर
नेपलिज असोसियेसन इन साउथइष्ट अमेरिका (नासा) साहित्यिक कमिति

Greetings

 

c2017

Affordable Care Health Insurance Enrollment for 2018!

Enrollment Deadline: 01 Nov 2017 to 15 Dec 2017 

All respected community members,

NASeA region and beyond

Nepalese Association in Southeast America (NASeA) is posting this information to remind all community members for the enrollment of Affordable Care Health Insurance. As we know that Affordable Care needs to be enrolled every year on time within the deadline date for the coverage of coming year. Enrollment for the coverage of 2018 opens on 01 November 2017 and ends on 15 December 2017.

Started November 1, you can log in to HealthCare.gov, fill out the application no later than 15 December 2017 and enroll in a 2018 Marketplace health Plan which starts the coverage from 1 January 2018.

This is the shorter enrollment period than previous years, so it is important to act quickly. If you do not act by December 15, you cannot get 2018 coverage unless you are qualifying for special enrollment period.

NASeA also kindly request to all social leaders, state and local organizations to disseminate this information to your respective region/ area to make sure that all needy community members will not miss out this opportunity.

For detail information to apply, click on the below website.

https://www.healthcare.gov/blog/4-ways-to-apply-for-coverage-in-the-health-insurance-marketplace/

Thank you.

Executive Committee

NASeA 2017-2019

NASeA condemns the terrorist tragedy

Nepalese Association in Southeast America (NASeA) condemns the terrorist tragedy that took place last night in Las Vegas. One should not worry of such horror when attending a fund, jubilant event. Our thoughts and prayers are with those affected victims and families.

Human reliance is tested most during these troubling times but we prevail.

Thank you

NASeA Family

बिजया दशमी तथा दिपावली २०७४ को पावन शुभअबसरमा नासा ( NASeA) को मंगलमय शुभकामना !

 

बिजया दशमी तथा शुभ दिपावली २०७४ को पावन शुभ अबसरमा दक्षिण पूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्नुहुने नेपालीहरूको साझा संगठन नासा ( NASeA- Nepalese Associations  in Southeast America )

को हार्दिक मंगलमय शुभकामना !!!

 

सत्यले असत्य माथि , न्यायले अन्याय माथि , शान्तिले अशान्ति माथि अनि देबीले राक्षस माथि बिजय प्राप्त गरेको खुशियालीमा बिजया दशमी भनेर यूगौंदेखि धुमधामका साथ मनाऊँदै आईरहेको बडा दशैं अन्तर्गत यस बर्ष बि.सं.२०७४ को यो शुभ अबसर र लगत्तै हुने शुभ दिपावली सहितको उपलक्ष्यमा नासाको सबै आजिबन सदस्यहरू , साधारण सदस्यहरू , शुभचिन्तकहरू र नेपाल भित्र तथा बाहिर संसारको बिभिन्न ठॉउमा रहनुहुने नेपाली समुदायहरू प्रति नासाको तर्फबाट यहॉहरूको सुस्वास्थ , दीर्घायु , सुख , शान्ति , संबृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं ।

 

धन्यबाद

संम्पूर्ण कार्यसमिति  परिवार

नासा (NASeA)

 

२६ सेप्टेम्बर २०१७

 

 


You received this message because you are subscribed to the Google Groups “NASeA” group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to nasea+unsubscribe@googlegroups.com.
For more options, visit https://groups.google.com/d/optout.

Press Release

Dear Nepalese Association in Southeast America Community Members and beyond,

We have been working tirelessly since the time of the incident and have not been taking this matter lightly. Following the NASeA/ANMA Joint Convention in Charlotte, we have had multiple emergency meetings to address this extremely important issue.
NASeA is working seriously and tirelessly to resolve this case with the best possible options through our emergency meetings. Finally, the fourth emergency meeting of the Executive Board of NASeA, held on Sept. 23, 2017,  has decided the following:

“The membership of NASEA of Sushil Nepal, is expelled effective from today (Saturday, September 23, 2017) as per the NASeA Bylaws, Article V , para 1 , sub para 1 for disorderly conduct in an Association event and other acts inimical to the image of the Association .”

Thank you for your continued support and co-operation.

Respectfully,

Madhav Dhakal
President

Krishna Shrestha
General Secretary

Nepalese Association in Southeast America

13th NASeA/ANMA Convention