Announcement, News

नयाँ बर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना!!!

नासा ( NASeA ) को तर्फबाट संसार भरिका सबै नेपाली समुदायमा नब बर्ष बि. सं. २०७५ को शुभ अबसरमा मंगलमय शुभकामना !!! 


नयॉ भन्ने शब्दै सुन्दर , सुन्दै मिठो र हेर्दै राम्रो हुन्छ । मानब जिबनको प्रत्येक पाइला र पलमा यो शब्दले सधैं ऊर्जा , उमंग , जोश , जॉगर , उत्साह , खुलदुली , कल्पना र परिकल्पना उत्पन्न गराउंछ ।नब सालको सन्दर्भमा पनि यो शब्द झनै प्यारो, लोकप्रिय , सार्थक र उपयोगि ठहर्छ।

यो नेपाली नयॉ बर्ष बि. सं. २०७५ को नब बर्ष सॉझमा यो शब्दको बिशेषण बमोजिम हामीलाई पनि ब्यक्तिगत , परिबारीक र सामाजिक हिसाबले हाम्रो समाज प्रति झनै परिपक्क , अनुभबी , ज़िम्मेबारि र बिगतमा केही कमि कमजोरि र सुधार गर्नु पर्ने कुनै बिषय भए सो बमोजिम सुधार गरि अझ नयॉ जोश , जॉगर , आशा , अठोट र समाजमुखि कामको लागि दृढ़ संकल्प सहित अगाडी बढ्न उजागर गरेकोले उपरोक्त प्रतिबद्धताका साथ दक्षिण पूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्नु हुने नेपालीहरूको साझा संगठन नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका ( NASeA) कार्यसमिति हामी सबैको तर्फबाट यो नयॉ बर्ष बि. सं. २०७५ को शुभ उपलक्ष्यमा संसार भरि छरिएर रहनु भएका सबै मान्यवर नेपालि समुदायमा हजुरहरूको सुस्वास्थ , दिर्घायू , खुशियाली , उत्तरोत्तर प्रगति र संबृद्धी को लागि हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । 

नब बर्ष २०७५ सबैको लागि शुभ रहोस् ! 

धन्यबाद 

बिनित,

माधब ढकाल, अध्यक्ष 

कृष्ण श्रेष्ठ, महा सचिब