
बिजया दशमी , शुभ दीपावली , नेपाल संबत ११४० र छठ पर्ब २०७६ को मंगलमय शुभकामना !!!
सत्यले असत्य माथि , न्यायले अन्याय माथि , शान्तिले अशान्ति माथि अनि देबीले राक्षस माथि बिजय प्राप्त गरेको खुशियालीमा बिजया दशमी भनेर यूगौंदेखि धुमधामका साथ मनाऊँदै आईरहेको बडा दशैं अन्तर्गत यस बर्ष बि सं २०७६ को यो शुभ अबसर र त्यसपछि लगत्तै हुने शुभ दिपावली , नेपाल संबत ११४० र छठ पर्ब सहितको शुभ उपलक्ष्यमा नेपालिज एसोसियसन् ईन साउथईष्ट अमेरिका ( नासा, NASeA) अमेरिकाको दक्षिणपूर्बी राज्यहरूमा रहनुहुने सबै नेपालीहरू र नेपाल भित्र तथा बाहिर संसारको बिभिन्न ठॉउमा रहनुहुने सबै समादरणिय नेपाली समुदायहरूमा यहॉहरूको सुस्वास्थ , दीर्घायु , सुख , शान्ति , संबृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना टक्र्याउंदछ ।
यहांहरूको दशैं तथा दीपावली २०७६ शुभ रहोस् ! हजुरहरूको ब्यक्तिगत , परिबारिक एबं सामाजिक सबै पक्षहरू सफ़ल रहून् !
नासा कार्यसमिति २०१९-२०२१


Click here to become a member