Announcement, News

Election Result of NASeA-2019-21

श्रीमान् अध्यक्ष्यज्यू,
NASeA कार्यकारी समिति |

बिषय: NASeA २०१९-२१ का लागि निर्वाचन सम्पन्न गरि नतिजा प्रकाशन |

महोदय,
NASeA / ANMA को १५औं संयुक्त सम्मेलनका अवसरमा गत सेप्टेम्बर १, २०१९ का दिन विन्स्टन-सेलम, नर्थक्यारोलिनामा २०१९-२१ अवधिका लागि सम्पन्न भएको NASeA कार्यसमितिको निर्वाचन नतिजा औपचारिक रुपमा सोहि साँझ घोषणा गरि सार्वजनिक गरिसकिएकै छ | सम्मेलनमा उपस्थित नभएका सम्बन्धित सबै महानुभावहरुको जानकारीको लागि निर्वाचन नतिजा सहित यो सूचना जारि गरिएको छ |

जम्मा खसेको मत: २४३
पूर्ण रुपले बदर मत: १ (No vote at all)

प्रत्येक उमेदवारले प्राप्त मत सहित बिजयी उमेद्वारहरुको सूची यसैसाथ संलग्न छ |

यो गहन जिम्मेवारी प्रदान गरी संस्थालाई सेवा गर्ने अवसर दिनुभएकोमा निबर्तमान कार्यसमितिप्रति आभार ब्यक्त गर्दै हाम्रो जिम्मेवारी समाप्त भएको कुरा यहाँहरुसमक्ष सहर्ष जानकारी समेत गराउन चाहान्छौं |

भवदीय,
ज्ञानेन्द्र गदाल, प्रमुख निर्वाचन आयुक्त |
बासु फुलारा, निर्वाचन आयुक्त |
माधव मैनाली, निर्वाचन आयुक्त |
NASeA निर्वाचन समिति-२०१९