Announcement, News

NASeA को मतदान सम्बन्धि सूचना |

मतदाताज्यूहरु,
उम्मेदवारज्यूहरु, NASeA Election (2021-23)
NASeA कार्यकारी समिति

बिषय: मतदान सम्बन्धि सूचना

विषम परिस्थितिवस सेप्टेम्बर ५, २०२१ मा सम्पन्न हुन नसकेर स्थगन गरिएको NASeA /ANMA को संयुक्त सम्मेलन यही नोभेम्बर २१ मा हुने निर्णय भै NASeA Executive Board बाट हामीलाई जानकारी प्राप्त हुन आएको छ। NASeA को उक्त निर्णय बमोजिम निर्धारित मिति नोभेम्बर २१, २०२१ आइतबारका दिन सम्मेलन स्थलमा नै निर्वाचन सम्पन्न हुने कुरा यहाँहरु सबैका लागि जानकारी गराउन चाहन्छौं।
पूर्व प्रकाशित उम्मेदवारहरुको अन्तिम नामावली यहाँहरुको जानकारीको लागि पुनः यसैसाथ संलग्न छ; सोहि अनुरुप निर्बिरोध नभएका पदहरुका लागि मात्र मतदान हुनेछ। निर्वाचन आचारसंहिता (Code of Conduct) सहित मतदानमा पालना गर्नुपर्ने नियमहरु सहितको सूचना मतदानको एकसाता अघि नै प्रकाशित गरिने कुरा समेत सहर्ष जानकारी गराउन चाहन्छौं ।
तिहार सबैको सुखद रहोस्, हार्दिक मंगलमय शुभकामना।

भवदीय,
NASeA Election Committee-2021

17th NASeA Annual Convention Labor Day Weekend, September 2023, Atlanta, GA

Initial updates, more to follow:

17th NASeA Annual Convention

प्रमुख निर्वाचन आयुक्त विमल नेपाल ज्यू,

नासा निर्वाचन समिति २०२३–२५

 

बिषय : जानकारी गराइएको बारे

 

महोदय, नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका नासाको बैठक सेप्टेवर ११

तारिकको दिन जुम प्रविधिबाट सम्पन्न भयो । संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठको

अध्यक्षतामा बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त विमल नेपाल, निर्वाचन आयुक्तमा

विनय अर्याल र विद्या गुरुङलाई कार्यभार सम्हाल्नु भएकोमा धन्यवाद दिने निर्णय

पारित गरेको छ ।

लेवर डे सप्ताहन्तमै साधारण सभा  र  निर्वाचन गर्न  नासा कार्यसमितिको बहुमत

सदस्यहरुले निर्णय गरेको व्यहोरा जानकारी गराउँन चाहन्छौं । त्यस्तै नासाको आर्टिकल

आइएक्सको प्यारा १ मा निर्वाचन सम्बन्धमा भनिएको  छ कि सेप्टेवर महिनाको पहिलो

सोमवार लेवर डे सप्ताहन्तमा नासाका कार्यसमितिको निर्वाचन सम्पन्न हुनुपर्ने छ । अव

२०२३ को लेवर डे सप्ताहन्तमै साधारण सभा  र  निर्वाचन गर्ने कार्यसमितिको निर्णय

अनुसार सम्पूर्ण निर्वाचनको प्रक्रिया अगाडि बढाउँन हुन प्रमुख निर्वाचन आयुक्त र

आयुक्तहरुलाई नासा कार्यसमिति अनुरोध गर्दछ । सहयोगका लागि धन्यवाद ।

 

कृष्ण श्रेष्ठ अध्यक्ष संगम बानियाँ महासचिव तथा सम्पूर्ण नासा परिवार

बोधार्थ,

विनय अर्याल निर्वाचन आयुक्त

विद्या गुरुङ निर्वाचन आयुक्त

बिषय: निर्वाचन स्थगन गरिएको सूचना।

NASeA का मतदाता सदस्यज्यूहरु,

NASeA Election-2021 का उमेद्वार साथीहरु,

आज मिति ९/२/२०२१ बिहिबार 6:51 PM (Mountain Time) मा NASeA Executive Board बाट प्राप्त इमेल यहाँहरुको समेत जानकारीको लागि यसैसाथ संलग्न छ।

प्राप्त पत्र अनुसार पूर्व निर्धारित तालिका बमोजिम यहि सेप्टेम्बर ५, २०२१ मा हुने भनिएको NASeA को निर्वाचन हाललाई स्थगन गरिएको छ। NASeA/ANMA को १६ औं संयुक्त सम्मेलन  NASeA को निर्वाचन सम्पन्न गर्ने नयाँ मितिबारे NASeA Executive Board को निर्णय प्राप्त हुनासाथ यहाँहरुलाई जानकारी गराइने कुरा अवगत गराउन चाहान्छौं।

यसबाट पर्न गएको असुविधाप्रति दुख व्यक्त गर्दछौं।

भवदीय,

Gyanendra Gadal, Chair

Basu Phulara, Member

Ram Krishna Wagle, Member

NASeA Election Committee-2021

September 2, 2021

NASeA Executive Board Election-2021

Final List of Candidates applied in various positions 

 

Position SN Candidate State Remarks
President 1 Ms. Ambika Lohani Sharma GA
2 Krishna Shrestha FL
Position SN Candidate State Remarks
Executive VP 1 Dr. Niroj Basnet GA
3 Bishal Bharati NC
Position SN Candidate State Remarks
V President 1 Satish Chandra Gupta SC
2 Bhim Prasad Timalsina NC
Position SN Candidate State Remarks
G. Secretary 1 Ramesh Baniya GA Unopposed
Position SN Candidate State Remarks
Joint Secretary 1 Manoj Lamichhane FL Unopposed
Position SN Candidate State Remarks
Treasurer 1 Baburam Sharma GA Unopposed
Position SN Candidate State Remarks
BOD members 1 Mrs. Sita Ghimire Mainali AL Unopposed all
2 Sushil Poudel TN
3 Jhanak Thapaliya FL
4 Ms. Kalpana Aryal MD
5 Sunita Khatiwada FL
6 Bishal Sapkota FL
7 Ashish Subedi VA
8 Babu Subedi NC
9 Suman Silwal AL
10 Krishna Devkota GA
11 Ms Binita Lakandri FL
12 Manoj Rai NC
13 Richa Sharma SC
14 Danda Chapagain SC
15 Ganesh Bhattarai NC