सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु,
उत्तरी अमेरिकामा रहेका नेपालीहरुको संस्थाहरु ‘अशोसिएसन ऑफ नेपलिज इन मिडवेष्ट अमेरिका (आन्मा)’, ‘अशोसिएसन ऑफ नेपलिज इन साउथ इस्ट अमेरिका (नासा)’ र अशोसिएसन ऑफ नेपलिज इन द अमेरिकाज ‘ (एएनए) को आयोजनामा आगामी २०१८ अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म शिकागो शहरमा भब्य नेपाली नेशनल कन्भेन्सन हुदैछ।
प्रवाश मा नेपाली पहिचानको स्थापना तथा अधिकारको रक्षा अनि मातृ-भूमी को दु:ख-सुखमा सहभागी हुने पवित्र उद्देश्य का साथ झन्डै ३५ बर्ष अघि स्थापित यी संस्थाहरुले स्थापना काल देखि नै क्यानाडा तथा उत्तरी अमेरिका मा रास्ट्रिय तथा क्षेत्रीय रुपमा नेपालीहरुलाई आफ्नो उदेश्य अनुसार बिभिन्न गतिविधिहरु मा साथ माग्दै, साथ दिदै आएको कुरा छर्लंग नै छ।
नेपाली नेशनल कन्भेन्सन, शिकागो भव्यता पूर्वक मनाउने हाम्रो तयारी लगभग अन्तिम अवस्था मा पुगेको छ। हरेक बर्ग, धर्म, उमेर र सबै खाले इच्छा-चाहना सबैलाई समेट्न सकु भनेर धेरै थरी का कार्यक्रमहरु को आयोजना गर्न गइरहेका छौ। बिभिन्न पत्र-पत्रिका, कार्यक्रम तथा सामाजिक संजालहरु मार्फत हामीले यहाहरु सबैलाई कार्यक्रमको बिस्तृत जानकारी गराइरहेका छौ।
यदि तपाई कुनै पनि नेपाली संघ-संस्थाहरु,दाजु-भाई तथा दिदी-बहिनीहरु ले हाम्रो निमन्त्रणा प्राप्त गर्नु भएको छैन भने यसैलाई आधिकारिक निमन्त्रणा मानि आफ्ना साथी-संगी, छर-छिमेक सबै तिर यस सम्मेलनको जानकारी गराउदै यहाहरु सबैको सपरिवार उपस्थितिको निमित्त हार्दिक अनुरोध गर्दै सादर निमन्त्रणा गर्दछौ।
सम्मेलन स्थल: 5550 N River Rd, Rosemont, IL 60018 @ Hilton
सम्मेलन को बिस्तृत जानकारी का लागी: https://nepalinationalc onvention.org/
बाला घिमिरे
कन्भेनर, नेपाली नेशनल कन्भेन्सन, शिकागो – २०१८
तथा आयोजक सँस्था अध्यक्षहरु: बाला घिमिरे (आन्मा), माधव ढकाल (नासा), मेदिनी अधिकारी (एएनए)
सेक्रेटेरिएट: डा. दिवाकर दाहाल (आन्मा), कृष्ण श्रेष्ठ (नासा), विजयराज भट्टराई (एएनए)



Click here to become a member