Congratulation Newly Elected NCNC Executive Board

Respected Mr Rabindra Karki  Jee,

President

And the entire newly elected executive board ,

Nepal  Center of North Carolina (NCNC)

On behalf of NASeA executive committee, It is our immense pleasure to know that new executive committee of NCNC under your leadership for the tenure of 2020-21 is elected on the first time historic election in the history of NCNC on 07 Dec 2019  .On behalf of NASeA executive committee and its entire family , we would like to take this opportunity to congratulate you and the entire newly elected executive board of excellence as under and wish you all a very productive and successful tenure .

NCNC  Executive Committee 2020-21

1.President – Mr Rabindra Karki
2.Senior VP – Mr Ram Poudel
3.Vice President- Mr Kamal Kafle
4.Executive Secretary- Mr Yogendra Gautam
5.Joint Secretary- Mr Ananda Ghimire
6.Treasurer – Mr Shiva Bhattarai
7.Board of Director – Ms Bhagabati Neupane
8.Board of Director- Mr Laxmi Nath Poudel
9.Board of Director – Mr Dharma Raj Pantha
10.Board of Director -Mr Prem Kumar Pradhan
11.Board of Director-Mr John Poudel

As usual in the past, NASeA as a regional organization had always been working with this prestigious organization together for the benefits and many common agenda of our community . NASeA and NCNC have always been instrumental to each other’s success through their respective help, cooperation, coordination and many partnerships for community oriented activities . It is always imperative to recall that NCNC had hosted two NASeA’s solo conventions in 2001 and 2004 , and one NASeA / ANMA Joint Convention In 2009 . NASeA has also been continuously supporting and actively participating in Nepal Day Parade every year  since the recognition of this day in 2017 and also participating in Run4Nepal event organized by NCNC . Again , our executive committee is eagerly waiting to work more closely together with your newly formed executive board in the days ahead .

NASeA executive board would like to thank the immediate past president of NCNC Dr Batu Sharma  and his team of excellence for the successfully  completion  of their tenure .NASeA also would like to thank and appreciate the Election Committee  chaired by NASeA’s former President Dr Narayan Rajbhandari who conducted this first time historic election In the history of NCNC in a fair , neutral , transparent , professional and democratic way .

Always for the community !!!

Thank you

Respectfully

Binay Aryal

President , NASeA

Krishna Shrestha

General Secretary , NASeA

10 Dec 2019

मित्रराष्ट्र भारतले प्रकाशित गरेको आफ्नो राजनैतिक नक्सा प्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति !!!

हाम्रो मातृराष्ट्र नेपालको भईरहेको अन्तर्राष्ट्रीय सिमानालाई सत्य र तथ्य लाई वास्ता नगरि एक पक्षिय ढंगले हालसालै मित्रराष्ट्र भारतले प्रकाशित गरेको आफ्नो राजनैतिक नक्सा प्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति !!!

“ कुनै पनि राष्ट्रको भौगोलिक अखण्डता प्रति कुनै पनि राष्ट्रले सम्मान गर्ने र मर्यादा राख्नु पर्ने अन्तर्राष्ट्रीय मूल्य , मान्यता , प्रचलन , सहज बुझाई र बाध्यात्मक अन्तर्राष्ट्रीय कानुनि परिस्थिति पनि भएको ब्यहोरालाई मनन गर्दै सत्य तथ्यकै आधारमा महाकाली नदी पूर्बको कालापानी लिपुलेक लगायतको हाल चर्चामा आएको केही भूभागहरू नेपालको नै हो भन्ने ठम्याई नासा को पनि रहेको छ । हालसालै मित्र राष्ट्र भारतले प्रकाशित गरेको राजनैतिक नक्सामा उपरोक्त भूभागहरू नेपालको भूभागमा नदेखाई अन्यथा हुन गएकोले यथासिध्र दुबै राष्ट्रहरूको सरकारको उच्च स्तरिय प्रतिनिधि मण्डलमार्फत सत्य तथ्य कै आधारमा यथार्थतामा कत्ति पनि आँच र घटि नआउने गरि अन्तर्राष्ट्रीय सीमा सम्बन्धीको यो भारत द्वारा बनाईएको बिबादित बिषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण बाताबरणमा राजनैतिक र कुटनैतिक तबर बाटै समाधान होस् भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी सहित पौराणिक काल देखि नै अति सुमधुर र सौहार्दपूर्ण मैत्री संम्बन्ध रही आएको यी दुई छिमेकी राष्ट्रहरू बिच सोही बमोजिम कै संम्बन्धमा अझ बढ़ी प्रगाढ़ता थपी यस्तो दरिलो र न्यानो संम्बन्ध अनन्त काल सम्म रहि रहोस् भन्ने सर्वत्र चाहनाको लागि नासा हार्दिक शुभकामना समेत ब्यक्त गर्दछ ।

अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार सीमा जोडिएका दुई देशबीच कुरा मिलेन भने त्यसको न्यायिक उपचारको लागि मध्यस्थता खोज्न सकिने ब्यबस्था भएको र त्यस्तो मध्यस्थता बाट पनि दुबै संम्बन्धित राष्ट्रहरू राज़ी हुन सकेनन् भने यस्तो संम्बेदनशिल बिषयलाई अन्तर्राष्ट्रीयकरण गरि अन्तर्राष्ट्रीय न्यायालय सम्म पनि पुग्नु पर्ने परिस्थिति स्वभाविक हुने भएकोले सो स्वभाबकिता नै नआओस् भन्नाको लागि कुटनैतिक र राजनैतिक तबरबाटै संम्बन्धित दुई राष्ट्रहरूले यथाशीघ्र यो बिषय टुंगो लगाउन सफलता पाउन भन्ने शुभकामना पनि नासाको तर्फबाट हामी ब्यक्त गर्न चाहान्छौ ।

धन्यबाद

बिनय अर्याल
अध्यक्ष , नासा

कृष्ण श्रेष्ठ
महासचिब, नासा

१७ नोभेम्बर २०१९

अमेरिकाको एटलाण्टा शहरमा “ नेपाल भ्रमण बर्ष २०२० “ प्रबर्धनको लागि भब्य रूपमा क़ानून मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा समुद्घाटन समारोह सम्पन्न !

अमेरिकाको एटलाण्टा शहरमा “ नेपाल भ्रमण बर्ष २०२० “ प्रबर्धनको लागि भब्य रूपमा क़ानून मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा समुद्घाटन समारोह सम्पन्न ! अमेरिकी जर्जिया राज्यको सिनेटर द्वारा एटलाण्टामै नेपाल दिबश घोषणा गर्ने तर्फ तयारि र सिनेटर नै २०२० मा नेपाल जाने प्रतिज्ञा !!! नासाको आगामी कार्यक्रमको लागि १९ बुंदे कार्यक्रम सूचि प्रकाशित !!!
नेपालको कानुन, न्याय तथा संसदीय मामिला मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्य र अमेरिकाको जर्जिया राज्यको सिनेटर द्वय स्टिभ हेल्सन र शेख रहमानको उपस्थितिमा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धन समुद्घाटन समारोह नेपालिज एसोसियसन ईन साउथईष्ट अमेरिका (नासा) ले नेपालिज एसोसियसन अफ जर्जिया (नाग) को सहयोगमा अमेरिकाको एटलाण्टा शहरमा  यहि शनिबार ०९ नोभेम्बर २०१९ मा भब्य रूपले सम्पन्न गरेको छ ।
नेपाल सरकारले आगामी बर्ष २०२० मा घटिमा पनि २० लाख बिदेशि पर्यटकहरू नेपाल भित्रयाउने योजना लाई प्रतक्ष्य टेवा पुर्याउने उद्देश्यले नासाको गुरू योजना र पहलतामा आयोजित यो बिशेष समारोहमा जर्जीया राज्यका सिनेटर स्टिभले जर्जिया राज्यमा बसोबास गर्नु हुने सबै नेपालीहरूको  उच्च सम्मानार्थ एटलाण्टामा नेपाल दिबश बिधिबत रूपमा घोषणा गराउनको लागि ज़र्जीया सिनेटमा लिखित प्रस्ताव पेश गर्ने जानकारी गराउनु र जर्जीया राज्यकै अर्का सिनेटर शेख़ रहमानले संसारकै सुन्दर राष्ट्रहरूमा पर्ने नेपालको भ्रमण आज भन्दा पहिला नै आफूले गरिसकेको भए पनि “नेपाल भ्रमण बर्ष २०२०” लाई सफल पार्न २०२० मा आफू फेरी नेपाल भ्रमणमा जाने प्रतिज्ञा गर्नु भएको क्षण यो उद्घाटन समारोहको उल्लेखनीय उपलब्धिको रूपमा देखिएको छ।
उद्घाटन समारोहको  दिनबाटै आगामी बर्ष २०२० को पूरै समयमा  दक्षिण पूर्वी अमेरिकी राज्यहरूको बिभिन्न शहरहरूमा बिभिन्न कार्यक्रमहरू सहित “नेपाल भ्रमण बर्ष २०२०” लाई सहयोग गर्ने गरि गुरू योजना बनाएको नासाले निम्न लिखित कार्यक्रमहरू आगामी समयमा आयोजना हुने जानकारि समेत सो समारोहमा गराईएको  थियो।
नासाले आगामी समयमा गर्ने बिभिन्न कार्यक्रमहरूको को रूपरेखा सहितको सूची यस प्रकार छ।
१. “नेपाल भ्रमण बर्ष २०२०” को प्रतिक चिन्ह (Logo) सहितको सो कार्यक्रम बारे जानकारी पाउन सकिने सूचनामूलक पोस्टरहरू अमेरिकाको ब्यस्त राजमार्गहरूको चौबाटोमा अबस्थित यात्रु प्रतीक्षालय र क्षणिक आरामको लागि बनाएको बेन्च हरूमा राखेर प्रचार गर्ने। जर्जीया को एटलाण्टा शहरको ४ वटा छुट्टाछुट्टै ठांउमा यो कामको थालनी भईसकेको छ। परिस्थिति, समय र आर्थिक उल्झनलाई समेत बिचार गरेर यो कार्यक्रम अन्य शहरहरूमा पनि कार्यान्वयन गरिने छ।
२. “नेपाल भ्रमण बर्ष २०२०” र नासा को प्रतिक चिन्ह अंकित फ़ेसबुक पेजको लागि नासाले भर्खरै बनाएको प्रोफ़ाईल फ़ोटो फ़्रेम सबैले आ आफ्नो ब्यक्तिगत फ़ेसबुकमा परिबर्तन गरि यो कार्यक्रम लाई सहयोग गरिदिन हुन अनुरोध गर्ने। समुद्घाटन समारोह बाटै यो कार्यक्रम पनि शुरू भई सकेको छ।
३. आ-आफ्नो ब्यक्तिगत ईमेल को पुछारमा रहने हस्ताक्षर ख़ानामा निम्न वाक्य लेखि सहयोग गर्न अनुरोध गर्ने। यो कार्यक्रम पनि समुद्घाटन समारोह बाटै शुरू भई सकेको छ।
“NASeA promotes ‘Visit Nepal 2020’.www.nepalvisit2020.com
४. “नेपाल भ्रमण बर्ष २०२०” को शिर्षकमा प्रतिस्पर्धात्मक निबन्ध प्रतियोगिता को आयोजना गर्ने र उत्कृष्ट बिजयी निबन्धलाई बिभिन्न संचार माध्यम द्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाई सहयोग हुने मनशायले प्रचार प्रसार गर्ने।
५.  बिभिन्न शहर तथा महानगरहरूको टाउन हल बैठकमा स्थानिय नेपालीहरू गएर “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा अबगत गराउन अनुरोध गर्ने।
६. “नेपाल भ्रमण बर्ष २०२०” को कार्यक्रम संग संम्बन्धित बिभिन्न पोष्टर तथा सूचना मूलक कागजहरू पुस्तकालय, बिभिन्न ब्यबसायिक बाणिज्य घर, भवन तथा उपयुक्त अन्य स्थल तथा क्षेत्रहरूमा प्रदर्शन गरेर प्रचार प्रसार गर्ने।
७. “नेपाल भ्रमण बर्ष २०२०” को लागि नासा क्षेत्रको मुख्य महानगर (हरू) मा एउटा वा बढ़ीमा दुई वटा सम्म बिशाल पैदल वा गाड़िमा नेपाल र नेपालीहरूको मातृ परिचय प्रदर्शित हुने गरि आकर्षक झांकी  सहितको बिशेष कार्यक्रम आयोजना गर्ने।
८. “नेपाल भ्रमण बर्ष २०२०” संग सम्बन्धित शब्दावली र प्रतिक चिन्ह सहितको ब्यक्तिगत सबारि साधनको लागि बम्पर स्टिकर बनाएर बितरण गर्ने।
९.  बिभिन्न क़िसिमको ब्यापार ब्यवसायमा लागि परिरहनु भएका नेपाली उद्धमी हरूसंग समन्वय गरि “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा लेखिएको शब्दावली छापेर प्लाष्टिक सपिगं ब्याग बितरण गर्ने।
१०. नेपाली बिध्यार्थी संगठन भएका बिश्वबिद्ध्यालयहरूमा “नेपाल भ्रमण बर्ष २०२०” संग संम्बन्धित सूचना प्रबाह गर्न समन्वय गर्ने।
११. स्थानिय एफ एम रेडियो तथा दूर दर्शन स्टेशन संग सम्पर्क गरेर “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा जानकारि गराउने उद्देश्यको बार्तालाप कार्यक्रम आयोजना गर्ने।
१२. नासा क्षेत्र अन्तर्गत को सबै नेपाली संगठनहरू को कुनै पनि कार्यक्रममा २०२० बर्ष भरि नै “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा केही जानकारी गराउनै पर्ने भनी सो बमोजिम कार्यक्रम तय गर्न अनुरोध गर्ने।
१३. स्थान बिशेषमा आयोजना हुने  अन्तर्राष्ट्रीय फुड, सांगितीक र सांस्कृतिक कार्यक्रममा सहभागि भई “नेपाल भ्रमण बर्ष २०२०” बारे जानकारी गराउने।
१४. सरकारी नगर  यात्रु बसहरूमा ठुलो आकारको “नेपाल भ्रमण बर्ष २०२०” को स्टिकर राख्न पहल गर्ने।
१५. स्थानिय चलचित्र भबनमा बिशेष गरि सप्ताहान्त को प्रस्तुति अगाड़ी “नेपाल भ्रमण बर्ष २०२०” बारेमा बिज्ञापन गराउन पहल गर्ने।
१६. बाल बालिका चित्र कला प्रतिस्पर्धा गराई उत्कृष्ट चित्र कलालाई मौन लिलामीमा  (Silence Auction) राख्ने।
१७. “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा केन्द्रित रहेर घटिमा ३ वटा नासाको मासिक टक प्रोग्राम (Monthly Talk Program) गर्ने।
१८. नासाको हरेक ३ महिनामा प्रकाशित हुने मुखपत्र “सांग्रिला” को एउटा बिशेषांक  “नेपाल भ्रमण बर्ष २०२०” को लागि प्रकाशित गर्ने।
१९. “नेपाल भ्रमण बर्ष २०२०” को प्रतिक चिन्ह सहितको अमेरिकी हुलाक टिकट (Customized Stamp) छाप्ने।
यतिखेर नेपाल बाहिर रहनुभएका सबै नेपालीसंग मातृराष्ट्र नेपालले “नेपाल भ्रमण बर्ष २०२०” लाई पूर्ण समर्थन सहित घटिमा पनि २० लाख बिदेशी पर्यटक नेपाल पठाईदिन सहयोगको अपेक्षा गरेकोले तपाईं हामी सबै मिलि यो बिशेष कार्यक्रम लाई भब्य रूपले सफल गराउन नासा कार्यसमिति को तर्फबाट हार्दिक अनुरोध गर्दछु।
धन्यबाद
कृष्ण श्रेष्ठ
महासचिब, नासा
१५ नोभेम्बर २०१९

Invitation to attend the inauguration ceremony to promote “ Visit Nepal 2020 “ in Atlanta, GA

Respected Community Members,

Invitation to attend the Inauguration Ceremony to promote “Visit Nepal 2020”

On behalf of NASeA, this is my  immense pleasure to know about the “ Visit Nepal 2020 “ program of Nepal’s government . Under this program , Nepal is expecting to visit this beautiful country with the land of the tallest peak in the world Mount Everest and the birthplace of lord Buddha by at least two millions foreigners during the all year long of 2020 . Nepal Government had also requested and expects the help ,support , cooperation. participation and promotion for this program from all Nepalese who are residing out of Nepal for the grand success of this national event .

Having considered all these about Nepal’s national event , Nepalese Association In Southeast America ( NASeA) had officially endorsed this event and is planing to organize various activities to promote this event .

To kick off the first promotional activity , NASeA in support with Nepalese Association of Georgia ( NAG ) is organizing the inauguration ceremony in the presence of the minister for law , justice and parliamentary affairs of Nepal’s government Honorable Bhanu Bhakta Dhakal as a chief guest on following date , time and venue .

Date  –       Saturday, November 9 , 2019 
Time      6.30 to 9:00 PM 
Venue     Himalayan Spice Restaurant 
       2773 Clairmont Road , 
Atlanta , GA- 30329

On behalf of NASeA executive committee ,I would like to kindly invite you to attend this significant event. Your attendance will not only help to add the higher level of dignity of this event but also expressing the solidarity for this great national event .

Looking forward to seeing you in the event !

Thank you 

Sincerely,

NASeA Exucutive Board

Department of Homeland Security ( DHS) Extends TPS Documentation for Nepal through 04 Jan 2021 !

Dear Community Members,
The Department of Homeland Security (DHS) today announced a Federal Register notice extending the validity of TPS-related documentation for beneficiaries under the Temporary Protected Status (TPS) designation for NEPAL through Jan. 4, 2021.

The notice automatically extends the validity of Employment Authorization Documents; Forms I-797, Notice of Action; and Forms I-94, Arrival/Departure Record (collectively, TPS-related documentation). The validity dates for the affected Nepal is as under .

Current Expiration Date – 24 Mar 2020

New Expiration Date – 04 Jan 2021 

NASeA had  always been advocating and extending its solidarity and help to extend the validity of TPS-related documentation for beneficiaries under the Temporary Protected Status (TPS) designation for NEPAL On behalf of NASeA Executive board , with a great pleasure , we would like to take this opportunity to extend our sincere thanks to the Government of United States of America for this consideration and wish all the best for the Nepalese populations to those under this TPS status for their better immigration status in the days ahead. 

The details released by DHS today is attached in following link .

https://www.uscis.gov/news/alerts/dhs-extends-tps-documentation-six-countries

Thank you!

Respectfully,
Binaya Aryal
President

Krishna Shrestha
General Secretary

NASeA
11/01/2019

हार्दिक मंगलमय शुभकामना!!!


बिजया दशमी , शुभ दीपावली , नेपाल संबत ११४० र छठ पर्ब २०७६ को मंगलमय शुभकामना !!!

सत्यले असत्य माथि , न्यायले अन्याय माथि , शान्तिले अशान्ति माथि अनि देबीले राक्षस माथि बिजय प्राप्त गरेको खुशियालीमा बिजया दशमी भनेर यूगौंदेखि धुमधामका साथ मनाऊँदै आईरहेको बडा दशैं अन्तर्गत यस बर्ष बि सं २०७६ को यो शुभ अबसर र त्यसपछि लगत्तै हुने शुभ दिपावली , नेपाल संबत ११४० र छठ पर्ब सहितको शुभ उपलक्ष्यमा नेपालिज एसोसियसन् ईन साउथईष्ट अमेरिका ( नासा, NASeA) अमेरिकाको दक्षिणपूर्बी राज्यहरूमा रहनुहुने सबै नेपालीहरू र नेपाल भित्र तथा बाहिर संसारको बिभिन्न ठॉउमा रहनुहुने सबै समादरणिय नेपाली समुदायहरूमा यहॉहरूको सुस्वास्थ , दीर्घायु , सुख , शान्ति , संबृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना टक्र्याउंदछ ।

यहांहरूको दशैं तथा दीपावली २०७६ शुभ रहोस् ! हजुरहरूको ब्यक्तिगत , परिबारिक एबं सामाजिक सबै पक्षहरू सफ़ल रहून् !

नासा कार्यसमिति २०१९-२०२१

Election Result of NASeA-2019-21

श्रीमान् अध्यक्ष्यज्यू,
NASeA कार्यकारी समिति |

बिषय: NASeA २०१९-२१ का लागि निर्वाचन सम्पन्न गरि नतिजा प्रकाशन |

महोदय,
NASeA / ANMA को १५औं संयुक्त सम्मेलनका अवसरमा गत सेप्टेम्बर १, २०१९ का दिन विन्स्टन-सेलम, नर्थक्यारोलिनामा २०१९-२१ अवधिका लागि सम्पन्न भएको NASeA कार्यसमितिको निर्वाचन नतिजा औपचारिक रुपमा सोहि साँझ घोषणा गरि सार्वजनिक गरिसकिएकै छ | सम्मेलनमा उपस्थित नभएका सम्बन्धित सबै महानुभावहरुको जानकारीको लागि निर्वाचन नतिजा सहित यो सूचना जारि गरिएको छ |

जम्मा खसेको मत: २४३
पूर्ण रुपले बदर मत: १ (No vote at all)

प्रत्येक उमेदवारले प्राप्त मत सहित बिजयी उमेद्वारहरुको सूची यसैसाथ संलग्न छ |

यो गहन जिम्मेवारी प्रदान गरी संस्थालाई सेवा गर्ने अवसर दिनुभएकोमा निबर्तमान कार्यसमितिप्रति आभार ब्यक्त गर्दै हाम्रो जिम्मेवारी समाप्त भएको कुरा यहाँहरुसमक्ष सहर्ष जानकारी समेत गराउन चाहान्छौं |

भवदीय,
ज्ञानेन्द्र गदाल, प्रमुख निर्वाचन आयुक्त |
बासु फुलारा, निर्वाचन आयुक्त |
माधव मैनाली, निर्वाचन आयुक्त |
NASeA निर्वाचन समिति-२०१९

[gview file=”https://naseaonline.org/wp-content/uploads/2019/09/Elected_2019.pdf”]

Winner of 15th NASeA/ANMA Joint Convention 2019 Essay Contest

15th NASeA/ANMA Joint Convention 2019 essay contest has just been completed and winners of this year are:

Entry Level/ Title          Winners Prize Sponsors Judging Committee

Members

 High School

Building Us By Building Ourselves

 

1st Sampada Archarya

2nd Sharon Shrestha

3rd Swarup Sharma

 $300

$100

$50

Mr. M.S. Khan (Greensboro, NC) Mr. Postak Shrestha, MN

Dr. Amar Karki, FL

Dr. Gyanendra Pokharel, Canada
Ms. Shrijana Sharma, GA Dr. Sushama Pradhan, NC

 Middle School

My Competition Experience: Showcasing Nepal

 1st Rhea Shrestha

2nd Sejal Ghimire

 3rd Apekshya Pokharel

 

$100

$75

$50

 Dr. Sanjeeb and

Mrs. Sabina Sapkota, (Lawrenceville, GA)

Dr. Narayan Dhakal, MN

Dr. Rajendra Shakya, FL
Mr. Jyoti Vaidya, Canada
Mr. Dadin Pandey, NC

Dr. Sushama Pradhan, NC

 Elementary School

Show and Tell: My Award

 1st Shreya Dhakal

 2nd Nirbirodh Timalsina

3rd Salil Dhakal

 $100

$75

$50

 Mr. Madhav and

Ms. Sita Mainali, (Huntsville, AL)

Mr. Nijananda Malla, FL

Ms. Rama Ghimira, GA
Dr. Rishi Bastakoti, NC
Dr. Sushama Pradhan, NC

Candidate Introduction Program

आदरणीय उम्मेदवारज्यूहरु, सदस्य महानुभावहरु तथा मतदाताज्यूहरु,
२०१९-२१ का लागि NASeA कार्यसमिति निर्वाचनस्थल,
Winston Salem, NC.

विषय: उमेद्वारहरुको परिचयात्मक कार्यक्रमका बारे |

NASeA को आगामी २०१९-२१ कार्यकालका लागि हुने आसन्न निर्बाचनमा यो संस्थालाई नेतृत्व गर्ने चाहना राखेर अघि
सर्नु भएका सम्पूर्ण उमेद्वार महानुभावहरुलाई सर्वप्रथम निर्वाचन समितिका तर्फबाट स्वागत तथा शुभकामना दिन चाहन्छौं|

कुनै पनि संस्था भनेको सम्बन्धित सदस्यहरु मिलेर बनेको यौटा घर हो | सलाई संचालन गर्न विभिन्न पदमा रहेर काम गर्ने नेतृत्व वर्गले हो | यी दुइ बीच एकार्कामा सुमधुर एवं सौहार्ध सम्बन्ध स्थापित हुनुका साथै एकार्काप्रति विश्वास र भरोसाको वातावरण सिर्जना हुनु संस्थाको हितका निम्ति अति नै आवश्यक छ | यिनै कुराहरुलाई मध्यनजर गर्दै बर्तमान कार्यसमितिको सहयोगमा उमेद्वारहरुको परिचयात्मक कार्यक्रमको आयोजना गरेका छौं | यसको मुख्य उदेश्य भनेको मतदाता सदस्यहरुसमक्ष उमेद्वारहरुको परिचय पुर्याउनु हो जसले गर्दा आफ्नो अमूल्य मतदान गर्नुअघि मतदाताहरुले आफ्नो स्पष्ट धारणा बनाउन सकुन |

तसर्थ, निम्न मिति स्थान र समयमा सम्पन्न हुने उमेद्वारहरुको परिचयात्मक कार्यक्रममा उपस्थित भैदिनुहुन सम्पूर्ण सदस्य एवं मतदाताज्यूहरुमा हार्दिक अनुरोध गर्दछौं | कार्यक्रममा निर्धारित समयसिमा भित्र रही आआफ्नो परिचय सहित संक्षिप्त बिचार राख्नका लागि सबै उमेद्वार महानुभावहरुलाई सादर आमन्त्रण गर्दछौं |

परिचयका क्रममा उमेद्वारहरुले ध्यान दिनुपर्ने कुराहरु:
१. तोकिएको समयभित्र आफ्ना कुराहरु राखिसक्नु पर्नेछ |
२. आफ्ना कुराहरु राख्दा संस्था र संस्थाको नेतृत्व सम्बन्धि बिषयमा मात्रै केन्द्रित रहनु होला |
३. कसैलाई व्यक्तिगत रुपमा आक्षेप लाग्ने, सामाजिक सद्भाव भड्काउने, राजनीति, धर्म, जाति तथा बर्गप्रति लक्षित गरि कुनै पनि किसिमको नकारात्मक अभिव्यक्ति र बिचार राख्न पाइने छैन यसप्रति बिशेष गम्भीर भैदिनुहुन उमेद्वार-बक्ताहरुमा जानकारी सहित अनुरोध गर्न चाहान्छौं |

उमेद्वार बक्ताहरुका लागि समयसिमा यसप्रकार निर्धारण गरिएको छ:
१. अध्यक्ष पदका प्रत्येक उमेद्वारहरुलाई ४-४ मिनेट |
२. कार्यकारी उपाध्यक्ष तथा कोषाध्यक्ष पदका प्रत्येक उमेद्वारहरुलाई २-२ मिनेट
३. बोर्ड सदस्य पदका प्रत्येक उमेद्वार र निर्बिरोध सबै उमेद्वार प्रत्येकलाई १-१ मिनेट |

मिति: August 31, 2019 शनिबार |
स्थान: Salem Ball Room
समय: १२:३० देखि १:३० बजेसम्म |

स्वस्थ प्रतिस्पर्धामा सामेल भै आफ्नो मिठो र सकारात्मक अभिव्यक्तिबाट अत्यधिक मत प्राप्त गर्न सबै उमेद्वार साथीहरुमा साहस र शक्ति प्राप्त होस्, पुनः एकपटक सबैमा हार्दिक शुभकामना |

NASeA निर्वाचन समिति-२०१९

 

Prahlad & Bindu Pant Scholarship Winner for 2019: Priya Rizal from Harrisburg, PA!

Prahlad & Bindu Pant Scholarship Winner for 2019: Priya Rizal from Harrisburg, PA!

Congratulations! Priya Rizal from Harrisburg, Pennsylvania for being the recipient of the Prahlad & Bindu Pant Scholarship Award for 2019. Cash prize of $2,500 and a certificate will be presented during the 15th NASeA/ANMA Joint Convention at Winston-Salem, NC. The event will take place during cultural program on Sunday evening, Sept. 1, 2019.

Priya has received her high school graduation from Central Dauphin East School (Harrisburg, PA) in 2016, and currently enrolled in Mills College in Oakland, California. We at NASeA would like to acknowledge the continuous support of Dr. Prahlad Pant and Bindu Pant for establishing this prestigious award to financially support the needy youths of our Nepali American community in the US to complete their dream of higher studies. NASeA is proud to be the administrator of this prestigious award.
Thank you.

Sincerely,
Manoj Jha, PhD
Coordinator
Prahlad & Bindu Pant Scholarship