अमेरिकाको एटलाण्टा शहरमा “ नेपाल भ्रमण बर्ष २०२० “ प्रबर्धनको लागि भब्य रूपमा क़ानून मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा समुद्घाटन समारोह सम्पन्न ! अमेरिकी जर्जिया राज्यको सिनेटर द्वारा एटलाण्टामै नेपाल दिबश घोषणा गर्ने तर्फ तयारि र सिनेटर नै २०२० मा नेपाल जाने प्रतिज्ञा !!! नासाको आगामी कार्यक्रमको लागि १९ बुंदे कार्यक्रम सूचि प्रकाशित !!!
नेपालको कानुन, न्याय तथा संसदीय मामिला मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्य र अमेरिकाको जर्जिया राज्यको सिनेटर द्वय स्टिभ हेल्सन र शेख रहमानको उपस्थितिमा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धन समुद्घाटन समारोह नेपालिज एसोसियसन ईन साउथईष्ट अमेरिका (नासा) ले नेपालिज एसोसियसन अफ जर्जिया (नाग) को सहयोगमा अमेरिकाको एटलाण्टा शहरमा यहि शनिबार ०९ नोभेम्बर २०१९ मा भब्य रूपले सम्पन्न गरेको छ ।
नेपाल सरकारले आगामी बर्ष २०२० मा घटिमा पनि २० लाख बिदेशि पर्यटकहरू नेपाल भित्रयाउने योजना लाई प्रतक्ष्य टेवा पुर्याउने उद्देश्यले नासाको गुरू योजना र पहलतामा आयोजित यो बिशेष समारोहमा जर्जीया राज्यका सिनेटर स्टिभले जर्जिया राज्यमा बसोबास गर्नु हुने सबै नेपालीहरूको उच्च सम्मानार्थ एटलाण्टामा नेपाल दिबश बिधिबत रूपमा घोषणा गराउनको लागि ज़र्जीया सिनेटमा लिखित प्रस्ताव पेश गर्ने जानकारी गराउनु र जर्जीया राज्यकै अर्का सिनेटर शेख़ रहमानले संसारकै सुन्दर राष्ट्रहरूमा पर्ने नेपालको भ्रमण आज भन्दा पहिला नै आफूले गरिसकेको भए पनि “नेपाल भ्रमण बर्ष २०२०” लाई सफल पार्न २०२० मा आफू फेरी नेपाल भ्रमणमा जाने प्रतिज्ञा गर्नु भएको क्षण यो उद्घाटन समारोहको उल्लेखनीय उपलब्धिको रूपमा देखिएको छ।
उद्घाटन समारोहको दिनबाटै आगामी बर्ष २०२० को पूरै समयमा दक्षिण पूर्वी अमेरिकी राज्यहरूको बिभिन्न शहरहरूमा बिभिन्न कार्यक्रमहरू सहित “नेपाल भ्रमण बर्ष २०२०” लाई सहयोग गर्ने गरि गुरू योजना बनाएको नासाले निम्न लिखित कार्यक्रमहरू आगामी समयमा आयोजना हुने जानकारि समेत सो समारोहमा गराईएको थियो।
नासाले आगामी समयमा गर्ने बिभिन्न कार्यक्रमहरूको को रूपरेखा सहितको सूची यस प्रकार छ।
१. “नेपाल भ्रमण बर्ष २०२०” को प्रतिक चिन्ह (Logo) सहितको सो कार्यक्रम बारे जानकारी पाउन सकिने सूचनामूलक पोस्टरहरू अमेरिकाको ब्यस्त राजमार्गहरूको चौबाटोमा अबस्थित यात्रु प्रतीक्षालय र क्षणिक आरामको लागि बनाएको बेन्च हरूमा राखेर प्रचार गर्ने। जर्जीया को एटलाण्टा शहरको ४ वटा छुट्टाछुट्टै ठांउमा यो कामको थालनी भईसकेको छ। परिस्थिति, समय र आर्थिक उल्झनलाई समेत बिचार गरेर यो कार्यक्रम अन्य शहरहरूमा पनि कार्यान्वयन गरिने छ।
२. “नेपाल भ्रमण बर्ष २०२०” र नासा को प्रतिक चिन्ह अंकित फ़ेसबुक पेजको लागि नासाले भर्खरै बनाएको प्रोफ़ाईल फ़ोटो फ़्रेम सबैले आ आफ्नो ब्यक्तिगत फ़ेसबुकमा परिबर्तन गरि यो कार्यक्रम लाई सहयोग गरिदिन हुन अनुरोध गर्ने। समुद्घाटन समारोह बाटै यो कार्यक्रम पनि शुरू भई सकेको छ।
३. आ-आफ्नो ब्यक्तिगत ईमेल को पुछारमा रहने हस्ताक्षर ख़ानामा निम्न वाक्य लेखि सहयोग गर्न अनुरोध गर्ने। यो कार्यक्रम पनि समुद्घाटन समारोह बाटै शुरू भई सकेको छ।
“NASeA promotes ‘Visit Nepal 2020’.www.nepalvisit2020.com”
४. “नेपाल भ्रमण बर्ष २०२०” को शिर्षकमा प्रतिस्पर्धात्मक निबन्ध प्रतियोगिता को आयोजना गर्ने र उत्कृष्ट बिजयी निबन्धलाई बिभिन्न संचार माध्यम द्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाई सहयोग हुने मनशायले प्रचार प्रसार गर्ने।
५. बिभिन्न शहर तथा महानगरहरूको टाउन हल बैठकमा स्थानिय नेपालीहरू गएर “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा अबगत गराउन अनुरोध गर्ने।
६. “नेपाल भ्रमण बर्ष २०२०” को कार्यक्रम संग संम्बन्धित बिभिन्न पोष्टर तथा सूचना मूलक कागजहरू पुस्तकालय, बिभिन्न ब्यबसायिक बाणिज्य घर, भवन तथा उपयुक्त अन्य स्थल तथा क्षेत्रहरूमा प्रदर्शन गरेर प्रचार प्रसार गर्ने।
७. “नेपाल भ्रमण बर्ष २०२०” को लागि नासा क्षेत्रको मुख्य महानगर (हरू) मा एउटा वा बढ़ीमा दुई वटा सम्म बिशाल पैदल वा गाड़िमा नेपाल र नेपालीहरूको मातृ परिचय प्रदर्शित हुने गरि आकर्षक झांकी सहितको बिशेष कार्यक्रम आयोजना गर्ने।
८. “नेपाल भ्रमण बर्ष २०२०” संग सम्बन्धित शब्दावली र प्रतिक चिन्ह सहितको ब्यक्तिगत सबारि साधनको लागि बम्पर स्टिकर बनाएर बितरण गर्ने।
९. बिभिन्न क़िसिमको ब्यापार ब्यवसायमा लागि परिरहनु भएका नेपाली उद्धमी हरूसंग समन्वय गरि “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा लेखिएको शब्दावली छापेर प्लाष्टिक सपिगं ब्याग बितरण गर्ने।
१०. नेपाली बिध्यार्थी संगठन भएका बिश्वबिद्ध्यालयहरूमा “नेपाल भ्रमण बर्ष २०२०” संग संम्बन्धित सूचना प्रबाह गर्न समन्वय गर्ने।
११. स्थानिय एफ एम रेडियो तथा दूर दर्शन स्टेशन संग सम्पर्क गरेर “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा जानकारि गराउने उद्देश्यको बार्तालाप कार्यक्रम आयोजना गर्ने।
१२. नासा क्षेत्र अन्तर्गत को सबै नेपाली संगठनहरू को कुनै पनि कार्यक्रममा २०२० बर्ष भरि नै “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा केही जानकारी गराउनै पर्ने भनी सो बमोजिम कार्यक्रम तय गर्न अनुरोध गर्ने।
१३. स्थान बिशेषमा आयोजना हुने अन्तर्राष्ट्रीय फुड, सांगितीक र सांस्कृतिक कार्यक्रममा सहभागि भई “नेपाल भ्रमण बर्ष २०२०” बारे जानकारी गराउने।
१४. सरकारी नगर यात्रु बसहरूमा ठुलो आकारको “नेपाल भ्रमण बर्ष २०२०” को स्टिकर राख्न पहल गर्ने।
१५. स्थानिय चलचित्र भबनमा बिशेष गरि सप्ताहान्त को प्रस्तुति अगाड़ी “नेपाल भ्रमण बर्ष २०२०” बारेमा बिज्ञापन गराउन पहल गर्ने।
१६. बाल बालिका चित्र कला प्रतिस्पर्धा गराई उत्कृष्ट चित्र कलालाई मौन लिलामीमा (Silence Auction) राख्ने।
१७. “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा केन्द्रित रहेर घटिमा ३ वटा नासाको मासिक टक प्रोग्राम (Monthly Talk Program) गर्ने।
१८. नासाको हरेक ३ महिनामा प्रकाशित हुने मुखपत्र “सांग्रिला” को एउटा बिशेषांक “नेपाल भ्रमण बर्ष २०२०” को लागि प्रकाशित गर्ने।
१९. “नेपाल भ्रमण बर्ष २०२०” को प्रतिक चिन्ह सहितको अमेरिकी हुलाक टिकट (Customized Stamp) छाप्ने।
यतिखेर नेपाल बाहिर रहनुभएका सबै नेपालीसंग मातृराष्ट्र नेपालले “नेपाल भ्रमण बर्ष २०२०” लाई पूर्ण समर्थन सहित घटिमा पनि २० लाख बिदेशी पर्यटक नेपाल पठाईदिन सहयोगको अपेक्षा गरेकोले तपाईं हामी सबै मिलि यो बिशेष कार्यक्रम लाई भब्य रूपले सफल गराउन नासा कार्यसमिति को तर्फबाट हार्दिक अनुरोध गर्दछु।
धन्यबाद
कृष्ण श्रेष्ठ
महासचिब, नासा
१५ नोभेम्बर २०१९
Respected Community Members, Invitation to attend the Inauguration Ceremony to promote “Visit Nepal 2020”On behalf of NASeA, this is my immense pleasure to know about the “ Visit Nepal 2020 “ program of Nepal’s government . Under this program , Nepal is expecting to visit this beautiful country with the land of the tallest peak in the world Mount Everest and the birthplace of lord Buddha by at least two millions foreigners during the all year long of 2020 . Nepal Government had also requested and expects the help ,support , cooperation. participation and promotion for this program from all Nepalese who are residing out of Nepal for the grand success of this national event . Having considered all these about Nepal’s national event , Nepalese Association In Southeast America ( NASeA) had officially endorsed this event and is planing to organize various activities to promote this event . To kick off the first promotional activity , NASeA in support with Nepalese Association of Georgia ( NAG ) is organizing the inauguration ceremony in the presence of the minister for law , justice and parliamentary affairs of Nepal’s government Honorable Bhanu Bhakta Dhakal as a chief guest on following date , time and venue . Date – Saturday, November 9 , 2019
|
||
Copyright © 2025 Nepalese Association in Southeast America - All Rights Reserved Powered by WordPress & Atahualpa ![]() |