अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) फ़्लोरिडा च्याप्टरको पाचौं अधिवेशन मार्च १, २०१५ आइतबार अमेरिकाको फ़्लोरिडा राज्यको ओर्ल्याण्डो शहरमा सम्पन्न भयो । उक्त अधिवेशन च्याप्टरका तत्कालीन अध्यक्ष चूडामणि खनालको सभापतित्वमा सम्पन्न भएको थियो । ओर्ल्याण्डो पाठशालाका बिद्यार्थीहरु, गुरुआमा आरति राई, अमिता देवकोटा, गुरुबा देव राई तथा अन्य अभिभावकज्यूहरुबाट नेपाली रास्ट्रिय गीत तथा बसुरिको धुन प्रस्तुत गरिएको […]
