अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) फ़्लोरिडा च्याप्टरको पाचौं अधिवेशन मार्च १, २०१५ आइतबार अमेरिकाको फ़्लोरिडा राज्यको ओर्ल्याण्डो शहरमा सम्पन्न भयो । उक्त अधिवेशन च्याप्टरका तत्कालीन अध्यक्ष चूडामणि खनालको सभापतित्वमा सम्पन्न भएको थियो । ओर्ल्याण्डो पाठशालाका बिद्यार्थीहरु, गुरुआमा आरति राई, अमिता देवकोटा, गुरुबा देव राई तथा अन्य अभिभावकज्यूहरुबाट नेपाली रास्ट्रिय गीत तथा बसुरिको धुन प्रस्तुत गरिएको थियो। डा. चेबन आचार्यले कविशिरोमणि लेखनाथ पौडेलको जीवनीको चर्चा गर्नु भएको थियो।
नेपाली कला, संस्कृति,भाषा र साहित्यको जगेर्ना गर्दै आएको सो संस्थाको आगामी दुई बर्षकालागि नव निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई प्रमुख निर्वाचन आयुक्त बिमल नेपाल तथा आयुक्त कृण्ण श्रेण्ठ द्वारा पद तथा गोपनियताको सपथ गराउनु भएको थियो। ।
आगामी २०१५–१७ को लागि नयाँ कार्यसमितीमा निर्वाचित पदाधिकारीहरु —
अध्यक्ष — मीना शाक्य प्रधान
बरिस्ठ उपाध्यक्ष– अभिज्ञा न्यौपाने
क्षेत्रिय उपाध्यक्षहरु
पूर्णमान श्रेष्ठ (ज्याक्संभिल)
जानुका ढुंगेल खनाल (ट्यम्पा)
डा. चेबन आचार्य (फोर्ट मायर्स)
डा. राजेन्द्र शाक्य (मायामी)
महासचिव-निजानन्द मल्ल
कोषाध्यक्ष- बिना सुब्बा पाण्डे
कार्यकारी सदस्यहरु- डा. राजेन्द्र पौडेल, तुलसी आचार्य, सुनिता श्रेष्ठ, चेतन न्यौपाने, निशा बराल र स्पन्दन मिश्र
नव निर्वाचित च्याप्टर अध्यक्ष श्रीमती मीना शाक्य प्रधानलाई निवर्तमान अध्यक्ष चूडामणि खनालले अनेसास फ्लोरिडा च्याप्टरको स्वर्णलीपी सरस्वति मुर्तिको प्रतिमा हस्तान्तरण गर्दै वहाको कार्यकालको सफलताको कामना गर्नु भयो।
उर्लाबारी, मोरंग, नेपालबाट पाल्नु भएका बरिस्ठ समाजसेवी श्री डिल्लीराज खनालको प्रमुख आतित्थ्यमा सम्पन्न सो कार्यक्रममा नासाका कार्यकारी उपाध्यक्ष एवं अनेसास फ्लोरिडा च्याप्टरका पुर्व अध्यक्ष तथा सल्लाहकार बिमल नेपाल, युनाइटेड एफएनए-फ्यान्सका सभापति विकास देवकोटा, नेपाली कम्युनिटी सेन्टर ओर्ल्याडोका सभापति धन थापा मगर,च्याप्टरका पुर्व सभापति कृण्ण श्रेण्ठ लगायतले निर्वाचित टिमलाई शुभकामना व्यक्त गर्दै अन्य सामाजिक गतिविधिबारे चर्चा गर्नुभएको थियो।
च्याप्टरका निवर्तमान अध्यक्ष चुडामणि खनालले आफ्नो कार्यकालमा भएका संस्थाका गतिविधि तथा उपलब्धिबारे मन्तव्य व्यक्त गर्दै आफु निर्वाचित भएको बेला गरेका घोसणा बमोजिम अनेसासको वार्षिक कार्यक्रम अनुरुप सम्पूर्ण कार्यक्रमहरु सुचारू रूपले सम्पन्न गर्नुका साथै सन् २०१३ देखि बुद्ध जयन्तिलाई बुद्ध सम्बन्धि निवन्ध प्रतियोगीता संगै अनेसास फ्लोरिड च्याप्टरले आफ्नो वार्षिक कार्यक्रमको तालिकामा थप गरेको प्रस्ट पार्नु भयो। सोहि अवसरमा निवर्तमान अध्यक्षले आफ्नो कार्यकालका अन्य पदाधिकारीलाई सम्मानपत्र वितरण गर्नुभएको थियो भने नवनिर्वाचित सभापति मीना शाक्यले संस्थाले भाषा साहित्यलाई प्रवर्दन गर्दै अगाडि जाने विचार व्यक्त गर्नुभयो।
कार्यक्रमकै अवसरमा नवनिर्वाचित महासचिव निजानन्द मल्लले विदेशी भुमिमा नेपाली कला, संस्कृति, भाषा साहित्यको महत्वमाथि प्रकाश पार्नुभएको थियो।कार्यक्रममा जानुका खनालले अनेसास केन्द्रिय सभापति पदम विश्वकर्मा, च्याप्टरका सस्थापक अध्यक्ष सुन्दर जोशी, च्याप्टरका पूर्व अध्यक्ष डा. बिध्याराज सुबेदी, बोर्ड अफ ट्रस्टीज अध्यक्ष डा. श्याम कार्की, एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिकाका अध्यक्ष डा. जय प्रकाश साहले प्रेशित गर्नुभएको शुभकामना मन्तव्य पढेर सुनाउनु भएको थियो। प्रमुख अतिथि श्री डिल्लीराज खनालले विभिन्न देश भ्रमणका अवसरमा आफुले गरेको अनुभवको सम्झना गर्दै बिदेशमा रहेका प्रवाशी नेपालीले नेपाली भाषा, साहित्य, संस्कृति तथा कलाको माया गर्नुका साथै त्यसको संरक्षण तथा सम्बर्धनकोलागि धेरै योगदान गरेको चर्चा गर्नु भयो।
सोहि अवसरमा त्रिवेणी साहित्य संगमको १६औ श्रृंखला कार्यक्रमको पनि आयोजना गरिएको थियो।कार्यक्रममा निजानन्द मल्ल, चूडामणि खनाल, आरति राई तथा समुहले गीत प्रस्तुत गर्नुभएको थियो भने चेवन आचार्य, हरिओम प्रधान, तुलसी आचार्य तथा मीना शाक्य लगायातका कवि कवियत्रीहरुले आ-आफ्नो कविता वाचन गर्नु भएको थियो। सहभागिहरुले कविता, मुक्तक, गित, संगितका माध्यमबाट उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।
अनेसास फ़्लोरिडा च्याप्टरले यस क्षेत्रमा नेपाली भाषा साहित्यको जगेर्ना गर्दै स्टेटका विभिन्न शहरमा नेपालीमुलका बालबालिकालाई नेपाली भाषा सिकाउने ध्येयले पाठशाला समेत सञ्चालन गर्दे आएको छ।
कार्यक्रम को अन्त्यमा स्थानिय महानुभावहरुबाट तयार पारिएको स्वादिस्ट रात्री भोज संगै कार्यक्रम बिसर्जन गरिएको थियो।
सो कार्यक्रम दुर्गा ढुंगानाले संचालन गर्नु भएको थियो। कार्यक्रमको बिस्तृत बिवरण फोटो पत्रकार धन थापा मगर ले आफ्नो क्यामरामा कैद गर्नु भएको थियो।






Dr. Pathak is a top Ivy League trained economics Professor of Massachusetts Institute of Technology (MIT). He is one of the brightest, youngest and high-achieving young scientists of Nepalese ancestry in the US. He has won many prestigious honors and awards during his short career. His PhD advisor was Dr. Alvin Roth, an economics professor of Harvard University, who was awarded Nobel Prize in Economics for 2012. He has been invited to numerous plenary talk sessions around the world as a keynote speaker. He will talk about market design, education reforms and other related topics. His enviable resume is attached and also has a Wikipedia page (https://en.wikipedia.org/wiki/Parag_Pathak).


