Announcement, News

NASeA (नासा) द्वारा कोरोना भाईरसको संम्बन्धमा “ नासा हेल्थ हेल्प डेस्क” गठन र सबै सुरक्षित रहन अनुरोध !

आदरणिय सबैमा ,

नमस्कार !

नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका ( नासा ) द्वारा बिश्व महामारी बनेको कोरोना भाईरसको सङ्क्रमण बाट सजग रहि सुरक्षित रहन अनुरोध र सो सम्बन्धको लागि सहयोगार्थ “ नासा हेल्थ हेल्प डेस्क” गठन भएको जानकारि !

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा आज सम्म धेरै  व्यक्तिहरूको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका धेरै  देशमा फैलिएको जनाएको छ ।  सुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया , इरान र ईटाली हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा बिश्व महामारी भएको जनाएको छ ।यता विश्वका देशहरुले यो सङ्क्रमणका विरुद्धमा व्यापक मात्रामा लडिरहेका बेला चिकित्सकहरुले यो एक पटक निको भएको अनुमान लगाईएकोमा पुन सङ्क्रमण फर्किन पनि सक्ने बताएका छन् । निको भएर घर फर्किएका यस्ता बिरामीहरुमा पुनः यसको सङ्क्रमण देखिएको जापान र चीनबाट आएको  विवरणहरूमा जनाइएको छ ।निको भएका भनिएका ती मानिसको शरीरमा भाइरस पूर्ण रूपमा नष्ट नभइसकेको र यससम्बन्धी परीक्षणहरू पनि सधैँ सही नहुने भएकोले पनि सङ्क्रमितहरु लाई फेरि दोहोरिएको अनुमान चिकित्सकहरुले जनाएका छन् ।  वैज्ञानिकहरु यस प्राणघातक सङ्क्रमणको औषधिको खोजीमा लागेका छन् । तर अहिलेसम्म सम्भव भईसकेको छैन । हाल  विश्वका कैयौँ देशमा यसको सङ्क्रमण फैलिइरहेको छ र यसबाट विश्व नै त्रसित बनेको छ ।कोरोना भाइरसका कारण  अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या यो बिज्ञप्ती तयार पार्दा सम्म १७१ पुगेको  छ ।  सङ्क्रमित हुनेको संख्या भने ११  हजार नाघेको छ ।यस परिस्थितिमा आफु  र आफ्नो परिवार सुरक्षित रहनु नै महत्वपुर्ण कुरा हो ।

“ उपचार भन्दा रोकथाम गर्नु नै सबै भन्दा राम्रो हो “ यो प्रकोपको समयमा सबै हाम्रो समाजको आदरणिय सदस्यहरू घर परिवार सहित सजग रहि , रोकथामको उपायहरू पूर्ण र सहि ढंगले अबलम्बन गर्दै सुरक्षित रहनु हुन नासा हार्दिक अपिल गर्दछ । बिश्व स्वास्थ संगठन ( WHO ) र रोग नियन्त्रण तथा रोकथाम केन्द्र ( CDC अमेरिका ) बाट प्रकाशित COVID – 19 को रोकथामको उपायहरू अबलम्बन गर्नु र सो बारेको लक्षणहरू संम्बन्धी जानकारी राख्नु यति बेला मुख्य प्राथमिकताको बिषय बनेको छ ।

कसैलाई यस सम्बन्धि जानकारी लिनु परेमा वा सो संम्बन्धमा कुनै चासो भए निम्न लिखित बिशेषज्ञहरू सम्मिलित “ नासा हेल्थ हेल्प डेस्क “ गठन भएकोले उंहाहरू संग सिधा सम्पर्क गर्नु भइ जानकारी लिनु हुन नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका , नासा हार्दिक अनुरोध पनि गर्दछ ।

“ नासा हेल्थ हेल्प डेस्क “ का विशेषज्ञहरू :

Dr. Sanjeeb Sapkota, GA

Phone: 678-557-8389 | Email: yessapkota@gmail.com

Dr. Atit Bhattachan, SC

Phone: 804-551-6842 | Email: atity2k@yahoo.com< /div>

Dr. Samar Paiza, SC

Phone: 716-868-7289 | Email: samarpaiza@yahoo.com

Dr. Nita Thapa, SC

Phone: 803-319-6779 | Email: thapanita77@yahoo.com

Dr. Ramu Kharel, GA
Phone: 713-297-5087 | Email: rak370@mail.harvard.edu
Dr. Kuber Ghimire

Phone: 512-9037287 | Email: mykuber@yahoo.com

Dr. Laxman Pokhrel, NC

Phone: 562-708-5990 | lrpokhrel@gmail.com

Dr. Rupak Thapa, NC

Phone: 610-931-7197 | Email: rupak243@hotmail.com

Dr. Manoj Bhattarai, FL

Phone: 401-489-2453 | Email: de.mbhattarai@gmail.com

धन्यबाद
बिनय अर्याल

अध्यक्ष , नासा

कृष्ण श्रेष्ठ

महासचिब , नासा