Announcement, News

NASeA को मतदान सम्बन्धि सूचना |

मतदाताज्यूहरु,
उम्मेदवारज्यूहरु, NASeA Election (2021-23)
NASeA कार्यकारी समिति

बिषय: मतदान सम्बन्धि सूचना

विषम परिस्थितिवस सेप्टेम्बर ५, २०२१ मा सम्पन्न हुन नसकेर स्थगन गरिएको NASeA /ANMA को संयुक्त सम्मेलन यही नोभेम्बर २१ मा हुने निर्णय भै NASeA Executive Board बाट हामीलाई जानकारी प्राप्त हुन आएको छ। NASeA को उक्त निर्णय बमोजिम निर्धारित मिति नोभेम्बर २१, २०२१ आइतबारका दिन सम्मेलन स्थलमा नै निर्वाचन सम्पन्न हुने कुरा यहाँहरु सबैका लागि जानकारी गराउन चाहन्छौं।
पूर्व प्रकाशित उम्मेदवारहरुको अन्तिम नामावली यहाँहरुको जानकारीको लागि पुनः यसैसाथ संलग्न छ; सोहि अनुरुप निर्बिरोध नभएका पदहरुका लागि मात्र मतदान हुनेछ। निर्वाचन आचारसंहिता (Code of Conduct) सहित मतदानमा पालना गर्नुपर्ने नियमहरु सहितको सूचना मतदानको एकसाता अघि नै प्रकाशित गरिने कुरा समेत सहर्ष जानकारी गराउन चाहन्छौं ।
तिहार सबैको सुखद रहोस्, हार्दिक मंगलमय शुभकामना।

भवदीय,
NASeA Election Committee-2021