Announcement, News

Candidate Introduction Program

आदरणीय उम्मेदवारज्यूहरु, सदस्य महानुभावहरु तथा मतदाताज्यूहरु,
२०१९-२१ का लागि NASeA कार्यसमिति निर्वाचनस्थल,
Winston Salem, NC.

विषय: उमेद्वारहरुको परिचयात्मक कार्यक्रमका बारे |

NASeA को आगामी २०१९-२१ कार्यकालका लागि हुने आसन्न निर्बाचनमा यो संस्थालाई नेतृत्व गर्ने चाहना राखेर अघि
सर्नु भएका सम्पूर्ण उमेद्वार महानुभावहरुलाई सर्वप्रथम निर्वाचन समितिका तर्फबाट स्वागत तथा शुभकामना दिन चाहन्छौं|

कुनै पनि संस्था भनेको सम्बन्धित सदस्यहरु मिलेर बनेको यौटा घर हो | सलाई संचालन गर्न विभिन्न पदमा रहेर काम गर्ने नेतृत्व वर्गले हो | यी दुइ बीच एकार्कामा सुमधुर एवं सौहार्ध सम्बन्ध स्थापित हुनुका साथै एकार्काप्रति विश्वास र भरोसाको वातावरण सिर्जना हुनु संस्थाको हितका निम्ति अति नै आवश्यक छ | यिनै कुराहरुलाई मध्यनजर गर्दै बर्तमान कार्यसमितिको सहयोगमा उमेद्वारहरुको परिचयात्मक कार्यक्रमको आयोजना गरेका छौं | यसको मुख्य उदेश्य भनेको मतदाता सदस्यहरुसमक्ष उमेद्वारहरुको परिचय पुर्याउनु हो जसले गर्दा आफ्नो अमूल्य मतदान गर्नुअघि मतदाताहरुले आफ्नो स्पष्ट धारणा बनाउन सकुन |

तसर्थ, निम्न मिति स्थान र समयमा सम्पन्न हुने उमेद्वारहरुको परिचयात्मक कार्यक्रममा उपस्थित भैदिनुहुन सम्पूर्ण सदस्य एवं मतदाताज्यूहरुमा हार्दिक अनुरोध गर्दछौं | कार्यक्रममा निर्धारित समयसिमा भित्र रही आआफ्नो परिचय सहित संक्षिप्त बिचार राख्नका लागि सबै उमेद्वार महानुभावहरुलाई सादर आमन्त्रण गर्दछौं |

परिचयका क्रममा उमेद्वारहरुले ध्यान दिनुपर्ने कुराहरु:
१. तोकिएको समयभित्र आफ्ना कुराहरु राखिसक्नु पर्नेछ |
२. आफ्ना कुराहरु राख्दा संस्था र संस्थाको नेतृत्व सम्बन्धि बिषयमा मात्रै केन्द्रित रहनु होला |
३. कसैलाई व्यक्तिगत रुपमा आक्षेप लाग्ने, सामाजिक सद्भाव भड्काउने, राजनीति, धर्म, जाति तथा बर्गप्रति लक्षित गरि कुनै पनि किसिमको नकारात्मक अभिव्यक्ति र बिचार राख्न पाइने छैन यसप्रति बिशेष गम्भीर भैदिनुहुन उमेद्वार-बक्ताहरुमा जानकारी सहित अनुरोध गर्न चाहान्छौं |

उमेद्वार बक्ताहरुका लागि समयसिमा यसप्रकार निर्धारण गरिएको छ:
१. अध्यक्ष पदका प्रत्येक उमेद्वारहरुलाई ४-४ मिनेट |
२. कार्यकारी उपाध्यक्ष तथा कोषाध्यक्ष पदका प्रत्येक उमेद्वारहरुलाई २-२ मिनेट
३. बोर्ड सदस्य पदका प्रत्येक उमेद्वार र निर्बिरोध सबै उमेद्वार प्रत्येकलाई १-१ मिनेट |

मिति: August 31, 2019 शनिबार |
स्थान: Salem Ball Room
समय: १२:३० देखि १:३० बजेसम्म |

स्वस्थ प्रतिस्पर्धामा सामेल भै आफ्नो मिठो र सकारात्मक अभिव्यक्तिबाट अत्यधिक मत प्राप्त गर्न सबै उमेद्वार साथीहरुमा साहस र शक्ति प्राप्त होस्, पुनः एकपटक सबैमा हार्दिक शुभकामना |

NASeA निर्वाचन समिति-२०१९