Announcement, News

अनेसास को वासिगंटन डि सि मा बिशेष कार्यक्रम

अनेसास को वासिगंटन डि सि मा बिशेष कार्यक्रम

सम्पूर्ण आदरणिय नेपाली समुदायका मित्रहरू,

नमस्कार

“अन्तरास्ट्रिय नेपाली साहित्य समाज  सर्बोत्कृष्ट  पुस्तक पुरस्कार  वितरण समारोह  ” भब्य रूपमा यहि नोभेम्बर २० र २१ तारिख वासिगंटन डि सी मा सम्पन्न हुने कार्यक्रमको बारेमा जानकारी तथा उपस्थितिको लागि अनुरोध !

अन्तरास्ट्रिय नेपाली साहित्य समाजले हालै घोषणा गरेको “सर्बोत्कृष्ट पुस्तक पुरस्कार समारोह – २०१५ लाई यहि नोभेम्बर २० र २१ तारिख  २०१५ ,मा अमेरिकाको   राजधानी वासिंटन  डि. सी  मा  मनाउन बिशेष  तैयारी भएको छ । सो कार्यक्रममा डायस्पोरामा  नेपालीको  भाषा अबस्था तथा आबस्यकताका बारेमा गम्भीर  छलफल गर्ने उदेस्यले “नेपाली  भाषा – हाम्रो पहिचान: हाम्रो एकता, हाम्रो गौरब ” बिषयमा एक ब्यापक बहस गरिनेछ र महाकबि स्व. लक्ष्मी  प्रसाद देवकोटाको जन्म  जयन्तिको कार्यक्रम समेत उक्त समारोहमा समाबेश हुनेछ ।

नासाको तर्फबाट हाम्रा अध्यक्ष बिमल नेपाल ज्यू तथा कार्यकारिणी सदस्य गजेन्द्र अर्याल ज्यू ले बिशेष अतिथिको रूपमा प्रतिनिधित्व गर्नुहुने सो कार्यक्रममा मिलेसम्म तपाईहरू सबै उपस्थित भई नेपाल र नेपाली को मुख्य पहिचान हाम्रो मातृभाषा संग जोडिएको यो अति महत्वपूर्ण कार्यक्रमको गरिमा र शोभा बढाई दिनुहुन हार्दीक अनुरोध गर्दछु।

Registration र बिस्तृत जानकारीको लागि निम्न website मा जानुहोला ! www.inlsawards.org

कार्यक्रम स्थल:

Tysons Corner Marriott
8028 Leesburg Pike
Tysons Corner, Virginia 22182 USA

मिति : २० र २१ नोभेम्बर २०१५

नोट : संयोगबस २२ नोभेम्बर . आईतबार वासिगंटन डि सि मै ” नेपाल बिरूद्ध भारतिय नाकाबन्दी” को बिरोध कार्यक्रम पनि भएकोले सो कार्यक्रममा  उपस्थित हुन जाने महानुभाबहरू पनि मिलाएर सके दुबै दिन सो हुन नसके सनिबार एक दिनको लागि भए पनि उपस्थित भई दिनुहुन अनुरोध गर्दछु । #StopBlockade  https://www.facebook.com/events/434455190088632/
भबदिय
कृष्ण श्रेष्ठ
प्रमुख. साहित्य समिति, नासा
सदस्य, अन्तरास्ट्रिय नेपाली साहित्य समाज  सर्बोत्कृष्ट  पुस्तक पुरस्कार  वितरण समारोह मूल समिति