Initial updates, more to follow:
प्रमुख निर्वाचन आयुक्त विमल नेपाल ज्यू,
नासा निर्वाचन समिति २०२३–२५
बिषय : जानकारी गराइएको बारे
महोदय, नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका नासाको बैठक सेप्टेवर ११
तारिकको दिन जुम प्रविधिबाट सम्पन्न भयो । संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठको
अध्यक्षतामा बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त विमल नेपाल, निर्वाचन आयुक्तमा
विनय अर्याल र विद्या गुरुङलाई कार्यभार सम्हाल्नु भएकोमा धन्यवाद दिने निर्णय
पारित गरेको छ ।
लेवर डे सप्ताहन्तमै साधारण सभा र निर्वाचन गर्न नासा कार्यसमितिको बहुमत
सदस्यहरुले निर्णय गरेको व्यहोरा जानकारी गराउँन चाहन्छौं । त्यस्तै नासाको आर्टिकल
आइएक्सको प्यारा १ मा निर्वाचन सम्बन्धमा भनिएको छ कि सेप्टेवर महिनाको पहिलो
सोमवार लेवर डे सप्ताहन्तमा नासाका कार्यसमितिको निर्वाचन सम्पन्न हुनुपर्ने छ । अव
२०२३ को लेवर डे सप्ताहन्तमै साधारण सभा र निर्वाचन गर्ने कार्यसमितिको निर्णय
अनुसार सम्पूर्ण निर्वाचनको प्रक्रिया अगाडि बढाउँन हुन प्रमुख निर्वाचन आयुक्त र
आयुक्तहरुलाई नासा कार्यसमिति अनुरोध गर्दछ । सहयोगका लागि धन्यवाद ।
कृष्ण श्रेष्ठ अध्यक्ष संगम बानियाँ महासचिव तथा सम्पूर्ण नासा परिवार
बोधार्थ,
विनय अर्याल निर्वाचन आयुक्त
विद्या गुरुङ निर्वाचन आयुक्त