हाम्रो मातृराष्ट्र नेपालको भईरहेको अन्तर्राष्ट्रीय सिमानालाई सत्य र तथ्य लाई वास्ता नगरि एक पक्षिय ढंगले हालसालै मित्रराष्ट्र भारतले प्रकाशित गरेको आफ्नो राजनैतिक नक्सा प्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति !!!
“ कुनै पनि राष्ट्रको भौगोलिक अखण्डता प्रति कुनै पनि राष्ट्रले सम्मान गर्ने र मर्यादा राख्नु पर्ने अन्तर्राष्ट्रीय मूल्य , मान्यता , प्रचलन , सहज बुझाई र बाध्यात्मक अन्तर्राष्ट्रीय कानुनि परिस्थिति पनि भएको ब्यहोरालाई मनन गर्दै सत्य तथ्यकै आधारमा महाकाली नदी पूर्बको कालापानी लिपुलेक लगायतको हाल चर्चामा आएको केही भूभागहरू नेपालको नै हो भन्ने ठम्याई नासा को पनि रहेको छ । हालसालै मित्र राष्ट्र भारतले प्रकाशित गरेको राजनैतिक नक्सामा उपरोक्त भूभागहरू नेपालको भूभागमा नदेखाई अन्यथा हुन गएकोले यथासिध्र दुबै राष्ट्रहरूको सरकारको उच्च स्तरिय प्रतिनिधि मण्डलमार्फत सत्य तथ्य कै आधारमा यथार्थतामा कत्ति पनि आँच र घटि नआउने गरि अन्तर्राष्ट्रीय सीमा सम्बन्धीको यो भारत द्वारा बनाईएको बिबादित बिषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण बाताबरणमा राजनैतिक र कुटनैतिक तबर बाटै समाधान होस् भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी सहित पौराणिक काल देखि नै अति सुमधुर र सौहार्दपूर्ण मैत्री संम्बन्ध रही आएको यी दुई छिमेकी राष्ट्रहरू बिच सोही बमोजिम कै संम्बन्धमा अझ बढ़ी प्रगाढ़ता थपी यस्तो दरिलो र न्यानो संम्बन्ध अनन्त काल सम्म रहि रहोस् भन्ने सर्वत्र चाहनाको लागि नासा हार्दिक शुभकामना समेत ब्यक्त गर्दछ ।
अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार सीमा जोडिएका दुई देशबीच कुरा मिलेन भने त्यसको न्यायिक उपचारको लागि मध्यस्थता खोज्न सकिने ब्यबस्था भएको र त्यस्तो मध्यस्थता बाट पनि दुबै संम्बन्धित राष्ट्रहरू राज़ी हुन सकेनन् भने यस्तो संम्बेदनशिल बिषयलाई अन्तर्राष्ट्रीयकरण गरि अन्तर्राष्ट्रीय न्यायालय सम्म पनि पुग्नु पर्ने परिस्थिति स्वभाविक हुने भएकोले सो स्वभाबकिता नै नआओस् भन्नाको लागि कुटनैतिक र राजनैतिक तबरबाटै संम्बन्धित दुई राष्ट्रहरूले यथाशीघ्र यो बिषय टुंगो लगाउन सफलता पाउन भन्ने शुभकामना पनि नासाको तर्फबाट हामी ब्यक्त गर्न चाहान्छौ ।
धन्यबाद
बिनय अर्याल
अध्यक्ष , नासा
कृष्ण श्रेष्ठ
महासचिब, नासा
१७ नोभेम्बर २०१९


Click here to become a member