नासा अधिवेशनको तयारी अन्तिम चरणमा
अमेरिका ।
नेपलिज एशोसियशन इन साउथ इष्ट अमेरिका (नासा)को अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । सेप्टेम्बर २ तारिख जर्जियाको एटलाण्टामा हुने अधिवेशनका लागि विभिन्न तयारी भइरहेको र यो अन्तिम चरणमा पुगेको नासाका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।
च्याम्ब्लीमा रहेको होलिडे इनमा हुने ३३ औं अधिवेशनमा अमेरिकाको साउथ इस्ट क्षेत्रमा रहेका नेपालीहरु र अमेरिकाको अन्य बिभिन्न राज्यहरूबाट समेत नेपालीहरू सहभागि हुनेछन् । नासाको संस्थापक अध्यक्ष डा बिश्व आचार्य ज्यू को प्रमुख आतिथ्यमा हुने सो सम्मेलनमा “रियुनाइटिङ आवर कम्युनिटी “भन्ने मुख्य नाराका साथ हुन लागेको सो अधिवेशनमा अनेसास जर्जिया च्याप्टर को समन्वयमा रमाईलो साहित्यिक कार्यक्रम हुनेछ ।
अन्य बिभिन्न संघ संस्थाको समेत उपस्थिति हुने सो सम्मेलनमा रजपट कार्यक्रमको प्रस्तोता प्रकाश सुवेदी, कलकारहरु दीपक दुवाडी, मीन तामाङ, अशोक अर्याल, शिक्षा गौतम लगायत एटलाण्टा नेपाली पाठशाला को भाई बहिनी हरूको समेत प्रस्तुती रहनेछ । त्यस्तै अधिवेशनले नासाको बार्षिक साधारण सभा सहित सम्पन्न गरि दुई बर्षका लागि नयाँ नेतृत्व समेत छनोट गर्नेछ ।
बिस्त़ृत जानकारीको लागि नासाको बेग साईट https://naseaonline.org मा जानुहुन अनुरोध गरिन्छ ।
संगम बानिया
महासचिब, नासा


