Announcement, News

NASeA को २०२१-२३ कार्यकालका निम्ति भएको निर्वाचनको परिणाम घोषणा सहित नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण कार्यक्रम सम्पन्न।

अन्तत: बिभिन्न सारो गारो र अप्ठ्यारोहरु पार गर्दै NASeA/ANMA को १६औं संयुक्त सम्मेलन सम्पन्न भएको छ ।NASeA को आगामी कार्यकाल (२०२१-२३) का लागि नेतृत्व चयन सम्पन्न हुनुपर्ने यो सम्मेलन फ्लोरिडा राज्यको ओर्ल्याण्डो शहरमा यही नोभेम्बर २१, २०२१ आईतबार सम्पन्न भयो । हरेक बर्ष Labor Day weekend मा आयोजना हुने उक्त सम्मेलन Delta Variant बाट उत्पन्न विशेष परिस्थितिवस निर्धारित समयमा हुन नसकी नेभेम्बरको तेस्रो हप्ताका लागि सारिएको थियो ।

यसपटक NASeA को नेतृत्व गर्न प्रतिस्पर्धामा उत्रिएका बिभिन्न पदहरुमध्ये अध्यक्ष, कार्यकारी उपाध्यक्ष र उपाध्यक्ष बाहेकका अन्य सबै पदहरु पहिलो चरणमै निर्बिरोध भैसकेका र प्रतिस्पर्धामा रहेका अध्यक्ष, कार्यकारी उपाध्यक्ष र उपाध्यक्षका प्रतिस्पर्धीहरु क्रमश: अम्बिका लोहनी शर्मा, बिशाल भारती र भिमप्रसाद तिमल्सिनाले पनि अन्तिम समयमा आआफ्नो उमेद्वारी फिर्ता लिएकोले सम्पूर्ण पदहरु निर्विरोध निर्वाचित भएको कुरा घोषणा गरिएको छ ।

निर्वाचित पदाधिकारीहरु:

अध्यक्ष:         श्री कृष्ण श्रेष्ठ, FL
का. उपाध्यक्ष: डा. निरज बस्नेत, GA
उपाध्यक्ष:       श्री सतिशचन्द्र गुप्ता, SC
महासचिव:     श्री संगम बानिया, GA
सहसचिव:      डा. मनोज लामिछाने, FL
कोषाध्यक्ष:      श्री बाबुराम शर्मा, GA

बोर्ड अफ डायरेक्टर सदस्यहरु

१ श्री आशिष सुबेदी, VA
२ श्रीमती कल्पना अर्याल, MD
३ श्री कृष्ण देवकोटा, GA
४ श्री गणेश भट्टराइ, NC
५ श्री झनक थपलिया, FL
६ डा. दण्ड चापागाईं, SC
७ श्री बाबु सुबेदी, NC
८ श्रीमती बिनिता लकान्द्री, FL
९ श्री बिशाल सापकोटा, FL
१० श्री मनोज राई, NC
११ सुश्री रीचा शर्मा, SC
१२ श्रीमती सीता घिमिरे मैनाली, AL
१३ श्रीमती सुनिता खतिवडा, FL
१४ श्री सुशील पौडेल, TN
१५ डा. सुमन सिलवाल, AL

नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मेलनको एक भव्य समारोहका बिच प्रमुख निर्वाचन आयुक्त श्री ज्ञानेन्द्र गदालले सपथ ग्रहण गराई प्रमाणपत्र समेत बितरण गर्नुभयो । निर्वाचन आयुक्त श्री रामकृष्ण वाग्लेले निर्वाचनका शिलशीलामा भएगरिएका गतिविधिको चर्चा गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

सपथग्रहण समारोहमा NASeA का वर्तमान अध्यक्ष श्री बिनय अर्याल सहित पूर्व अध्यक्षहरु सर्वश्री राजा घले, डा. रामचन्द्र बराल र बिमल नेपालको गरिमामय उपस्थिति समेत रहेको थियो ।

NASeA निर्वाचन समिति -२०२१
ओर्ल्याण्डो, फ्लोरिडा, अमेरिका

*****
पुनश्च: पहिले नै निर्बिरोध भैसकेका Board of Director सदस्य गणेश भट्टराइको नाम पनि भूलबस उमेद्वारी फिर्ता सदर गरिएको भन्ने सुचनामा गएकोप्रति क्षमायाचना गर्दछौं।-निर्वाचन समिति