Announcement, News

17th NASeA Annual Convention Labor Day Weekend, September 2023, Atlanta, GA

Initial updates, more to follow:

17th NASeA Annual Convention

प्रमुख निर्वाचन आयुक्त विमल नेपाल ज्यू,

नासा निर्वाचन समिति २०२३–२५

 

बिषय : जानकारी गराइएको बारे

 

महोदय, नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका नासाको बैठक सेप्टेवर ११

तारिकको दिन जुम प्रविधिबाट सम्पन्न भयो । संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठको

अध्यक्षतामा बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त विमल नेपाल, निर्वाचन आयुक्तमा

विनय अर्याल र विद्या गुरुङलाई कार्यभार सम्हाल्नु भएकोमा धन्यवाद दिने निर्णय

पारित गरेको छ ।

लेवर डे सप्ताहन्तमै साधारण सभा  र  निर्वाचन गर्न  नासा कार्यसमितिको बहुमत

सदस्यहरुले निर्णय गरेको व्यहोरा जानकारी गराउँन चाहन्छौं । त्यस्तै नासाको आर्टिकल

आइएक्सको प्यारा १ मा निर्वाचन सम्बन्धमा भनिएको  छ कि सेप्टेवर महिनाको पहिलो

सोमवार लेवर डे सप्ताहन्तमा नासाका कार्यसमितिको निर्वाचन सम्पन्न हुनुपर्ने छ । अव

२०२३ को लेवर डे सप्ताहन्तमै साधारण सभा  र  निर्वाचन गर्ने कार्यसमितिको निर्णय

अनुसार सम्पूर्ण निर्वाचनको प्रक्रिया अगाडि बढाउँन हुन प्रमुख निर्वाचन आयुक्त र

आयुक्तहरुलाई नासा कार्यसमिति अनुरोध गर्दछ । सहयोगका लागि धन्यवाद ।

 

कृष्ण श्रेष्ठ अध्यक्ष संगम बानियाँ महासचिव तथा सम्पूर्ण नासा परिवार

बोधार्थ,

विनय अर्याल निर्वाचन आयुक्त

विद्या गुरुङ निर्वाचन आयुक्त