Announcement, News

होली (फागु पूर्णिमा ) २०७४ को हार्दीक शुभकामना !!!

समादरणिय सबै नासाको साधारण तथा आजिबन सदस्य ज्यूहरू  र शुभचिन्तक मित्रहरू , 

नमस्कार !

हिन्दु पौराणिक कथानुसार , त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ । 

यि दुबै धार्मिक कथाहरूबाट सिक्न सकिने मुख्य पाठ भनेको ” असत्य टिक्दैन सत्य डक्दैन ” भन्ने नै हो । न्यायले अन्याय माथि बिजय प्राप्त गरेको क्षणलाई उजागर गर्ने यो पर्ब वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने र परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

दक्षिणपूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्नु हुने सबै नेपालीहरूको साझा संगठन नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा , NASeA) को कार्यकारी समितिको तर्फबाट माथि उल्लेख गरे अनुसार यो पर्बको मुख्य सार बमोजिम हजुरहरू सबैमा आपसि मेलमिलाप बढोस् , सद्भावना जागोस् , सधैं सत्य र न्यायको पक्षधर हुने मौक़ा मिलाओस् भन्दै ख़ुशि र उमंगका साथ यो होली पर्बको हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । 

धन्यबाद 

बिनित , 

माधब ढकाल , अध्यक्ष  

कृष्ण श्रेष्ठ, महासचिब