Announcement, News

प्रेस विज्ञप्ती: नेपाल संविधानको हार्दिक स्वागत गरौ ! सबैलाई शुभ कामना!!

प्रेस विज्ञप्ती   
नेपाल संविधानको हार्दिक स्वागत गरौ ! सबैलाई शुभ कामना !!                                                                                                    

हाम्रो प्यारो मातृभूमि नेपालमा संविधान जारी भएको छ । यसबाट लामो समय देखि नेपाली जनताका निर्वाचितप्रतिनिधिहरुले संविधान बनाउन चाहेको सपना पुरा भएको छ ।यस अवसरमा हामी विशेष गरि अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरू संविधानको हार्दिक स्वागत गर्दछौ र  विभिन्न तह र तप्कामा स्वदेश तथा बिदेशमारहेका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।

लोकतन्त्र ,मानव अधिकार र संघीय गणतन्त्र नेपालको प्रत्याभूति गर्ने यो संविधानले शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्याएर राजनीतिक अध्यायबाट मुलुकलाई आर्थिक तथा सामाजिक समृदिको नयाँ अध्यायमा प्रवेश गर्ने मार्ग प्रशस्तगरेको छ ।

संविधानले विदेशमा रहेका हामी सम्पूर्ण नेपालीलाई आफ्नो मातृभूमि र मूलुसंग जोड्न आर्थिक ,साँस्कृतिक रसामाजिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ ।”एकपटकको नेपाली ,सधैंकोनेपाली“हुने न्युनतम शर्तका रुपमा आएको यो प्रावधानको हामी मनै देखि स्वागत गर्दछौ ।

यो संवैधानिक व्यवस्था संगै मुलुकले प्रवासमा रहेका नेपालीहरुलाई केहि नै दिएन भनेर गुनासो गर्ने एउटाकालखण्डको अन्त्य भएको छ र समुन्नत नेपाल निर्माणका  लागि सबैले यथेस्ट योगदान गर्ने समय आएको छ।यसदिशामा विश्वभरिको नेपाली डायस्पोरामा छरिएर रहेका सबै नेपाली एक जुट भएर सक्रियतापूर्वक लागिपर्ने समयआएको छ । नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका ( नासा ) यसमा कृतसंकल्पित भएर लागिपर्नेछ र सबैलाईत्यसका लागि हार्दिक आग्रह पनि गर्दछ ।

एक जुगमा एक पटक बनिने भए पनि संविधान कहिल्यै पूर्ण हुदैन । पूर्णताका लागि यसले समय ,परिस्थिति रजनचाहनाको कसीमा परिक्षण हुदै जानु पर्छ । नेपालको संविधान पनि यसबाट अछुतो छ भनेर भन्न सकिन्न। त्यसैलेयसमा केहि अपुग हरु छन् भने तिनीहरुलाई  संशोधन मार्फत पुरा गर्दै सबै नेपालीले स्वामित्व ग्रहण गर्ने खालकोसंविधान निर्माणमा लागि रहनु पर्दछ । संविधान जारी भएको यो बेलामा नेपालका विभिन्न भाग र समुदाय बाट उठेकाआवाज पनि सुनिनु पर्छ । यसो गर्न सकियो भने मात्र संवाद ,सहमति र सहकार्य को असल संस्कृति निर्माण हुन् सक्छ ।समृद् नेपाल निर्माण का लागि पनि हाम्रो मुलमन्त्र यहि हुनसक्छ ।

संविधानको पवित्र भवन लागू/अनुशरण गर्दै हाम्रो मातृभूमिलाई समृद् बनाउन हामी सबैलाई शक्ति र सामर्थ्य प्राप्तहोस्।

सबैलाई बधाई तथा शुभकामना !!!!!!!!!! जय संविधान !!!!!!!!

शिव विष्ट                                                   बिमल नेपाल
महासचिव                                                  अध्यक्ष 

तथा सम्पूर्ण कार्य समिति परिवार
१ सेप्टेम्बर, २०१५